लिस्बन-अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पुरा गरेका छन् ।
पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षका युरेश पाण्डेयले आफ्ना भाई युरेक पाण्डेयको साथमा दौड पूरा गर्न सफल भएका हुन् । लिस्बन मिनी म्याराथुनमा भाग लिने दुईजना मात्रै नेपालीहरु युरेश र युरेक रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ।
म्याराथन क्लब पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” मा ७ बर्षीय युरेश पाण्डेयले आफ्ना ५ बर्षीय भाई युरेकको साथमा २ किमी दौड पूरा गर्न सफल भएका हुन् ।
युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेय बताउछन्। बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेले बताए ।
युरेश र युरेक दुबै दाजुभाइले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो ।
बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि क्लबले हरेक बर्ष बालबालिकाहरुका बिच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । युरेश र युरेक दुबै दाजुभाई आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस