अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ। स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ क्रम बढ्दो रहेको छ।
राजधानी क्यानबेरा व्यवस्थित र शान्तशरह हो। यहाँको जनसङ्ख्या चार लाख हाराहारी मात्र रहेको छ। करिब २०० को हाराहारीमा विगत १२ वर्षदेखि बसोबास गर्दै रहेका नेपालीको सङ्ख्या हाल बढेर पाँच हजार नाघेको छ।
नेपालीको आकर्षण बढ्नुमा स्थानीय सरकारले अबलम्वन गरेको अध्यागमन नीति नै प्रमुख रहेको छ। सरकारले केन्द्र सरकारको नीतिअनुसार अष्ट्रेलियाका मुख्य शहरभन्दा क्षेत्रीय शहरमा आप्रवासीको सङ्ख्या बढाउने कार्यलाई प्राथमिकता दिएको छ। नेपालबाट सोझै यहाँ आउने अन्य शहरबाट अध्ययन गरी स्थायी बसोबास (पिआर) का लागि यहाँ आउने गरेका छन्।
क्यानबेरामा नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएसँगै विभिन्न सङ्घ संस्थाका गतिविधि पनि बढेका छन्। दुई चार वर्ष अघिसम्म नेपाली चलचित्र प्रदर्शन र नेपाली कलाकारका प्रस्तुति खासै रहेको थिएन। पछिल्ला वर्षहरुमा ती गतिविधि बढेका छन्। यहाँको अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका गतिविधि पनि बढ्दै गएको छ।
यहाँका अधिकांश आवास क्षेत्रमा नेपाली भेट्न सकिन्छ। अस्पताल, व्यावसायिक मल, सरकारी कार्यालय, व्यापारिक केन्द्र, विश्वविद्यालयलगायतमा नेपाली कार्यरत रहेको देख्न सकिन्छ। यहाँ नेपालीहरुको खेलप्रति रुचि र गतिविधि उल्लेख्यरुपमा बढेको छ। नेपालीहरुले क्यानबेरा नेपाली फुटबल क्लब, भलिबल क्लब र क्रिकेट क्लब गठन गरेर सामूहिक खेलकूद गतिविधि सञ्चालन गर्दै आएका छन्।
सन् २०२० को अप्रिलमा अष्ट्रेलिया र छिमेकी देशमा नेपालीको सहभागितामा क्यानबेरामा बृहत् मेला हुन लागेको छ। स्थायी बसोबास र सुुनिश्चित भविश्यको सहजताका लागि यहाँ नेपाली आउन क्रम संख्या बढेको छ। यही शहरमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावास रहेको छ। अष्ट्रेलियाको सङ्घीय सरकारको संसद्का दुवै सभा, प्रधानमन्त्री एवं मन्त्रीहरुको कार्यालय सबै यही छन्।
क्यानबेरामा नेपालीहरुका लागि उपयुक्त देखिए पनि राज्य तथा केन्द्र सरकारका अध्यागमन नीति नियमको बारेमा बुझेर मात्रै जाँदा राम्रो हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस