सोल- दक्षिण कोरियामा एक जना नेपालीले आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ३ वर्ष अघि यहा आएका यामकुमार लिम्बूले आत्महत्या गरेका हुन् ।
राजधानी सोलबाट करिब तीन सय ४५ किलोमिटर टाढा ख्यङसान नाम्दोस्थित मिर्याङ सहर नजिकै एक स्याउ खेतीमा काम गर्दै आएका साबिक गजुरमुखी-३ हाल माङ्सेबूङ गाउँपालिका-३ इलामका २७ वर्षीय यामकुमार लिम्बूले झुण्डिएर आत्महत्या गरेका हुन ।
मृतक लिम्बूको भाइ समेत कोरियामा नै कार्यरत रहेका छन । मृतक लिम्बू केहि दिन अघि देखि आफु विदामा नेपाल जाने कुरा कम्पनीको साहुसङ्ग गर्दै आएका थिए ।
मृतक लिम्बूको पोस्टमार्टम रिपोर्ट आइ नसकेको कारण के कति कारणले आत्माहत्या गरेका हुन खुल्न सकेको छैन तर प्रारम्भिक अनुसन्धानका क्रममा मानसिक तनाबकै कारण आत्महत्या गरेकाे हुन सक्ने आकलन गरिएको छ । मृतक लिम्बूले कम्पनीमा आफ्नो कोठासङ्गै रहेको गोदाम भित्र झुन्डिएर आत्महत्या गरेको थिए ।
मृतकको शव मिर्याङस्थित एक अस्पतालमा राखिएको जनाइएको छ | मृतकका बारेमा आवश्यक प्रक्रियाका लागि नेपाली राजदुतावासलाई जानकारी गराई सकिएको नेपाली सम्पर्क समितिका एक पदाधिकारीले जनाए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस