सोल-दक्षिण कोरियाका नेपालीहरु पछिल्ला केहि दिन यता सामाजिक संञ्जालमा हुने आरोप प्रत्यारोपको रमिता हेरेर दिक्क छन् । आरोप प्रत्यारोपका मुख्य पात्रहरु हुन यहाँका नेपालीहरुको संस्था एनआरएनए कोरियाका केहि पदाधिकारी र पत्रकारको सानो झुण्ड ।
एनआरएनएका पदाधिकारीहरु र पत्रकारको सो झुण्डले एक अर्कालाई बदनाम गर्न सामाजिक संजालको दुरुपयोग गरिरहेका छन् ।
एनआरएनए कोरियाले नेपाल विदामा गएका नेपाली कोरोना प्रकोपका कारण कोरिया फर्किन नपाएको र उनीहरुको रोजगारी गुम्ने गुनासो आएको भन्दै नेपाल वायुसेवा निगमको विमान चार्टर गरी उनीहरुलाई फर्काउने प्रकृया सुरु गरेको छ । तर एनआरएनएको सो कदमको एकजना पत्रकारले विरोध गर्दै आएका छन् ।
पत्रकारले संस्थाको विरोध गरेका कारण विमान कोरिया ल्याउन समस्या भएको र ति पत्रकारका कारण एनआरएनए कोरियालाई काम गर्न अफ्ठेरो परेको भन्दै एनआरएनएका एकजना पदाधिकारीले करीब ५५ हजार जनाले पछ्याउने आफ्नो फेसबुक पेजमा पत्रकारको स्टाटसको स्किृनसट पोष्ट्याएका छन् । उनले पोष्ट्याएको स्टाटसमा ती पत्रकार गलत भएको आशयका प्रतिक्रियाहरु धेरै आएका छन् ।
यी दुई समुहबिच एनआरएनएले गत महिना एक व्यक्ति एक किट अभियान संचालन गर्दा सम्म अत्यन्तै सुमधुर सम्बन्ध थियो । सो अभियान टुंगिएपछि भने यी दुई समुहबिच मनमुटाव सुरु भएको स्रोतको दावी छ ।
एनआरएनए कोरियाले नेपालमा कोरोना परीक्षणमा सहयोग पुर्याउन भन्दै सुरु गरेको उक्त अभियानमा आँकलन गरिएभन्दा धेरै रकम संकलन भएको थियो । सो अभियानमा एनआरएनएको निर्णयको समर्थन गर्दै अहिले आरोप प्रत्यारोपमा उत्रिएका पत्रकार सहितको समुहले आफुहरुलाई सो अभियानका स्वतन्त्र अभियान्ता घोषणा गरेका थिए ।
एनआरएनएका उक्त अभियानका संयोजकहरुको पुछारमा आफ्ना नाम जोडेर स्वतन्त्र अभियान्ता घोषणा गर्ने यो समुह मध्य केहिले अभियान सकिएपछि पनि एनआरएनएले समाजसेवी भन्दै सम्मान नगरिदिएपछि रुष्ट भएको बताईन्छ ।
अभियानका बखत पुछारमा आफुहरुको नाम जोडेर स्वतन्त्र अभियान्ता लेखेपनि अन्य समयमा उनिहरुको नाम नआएपछि रुष्ट बनेको सो समुह जसरी भएपनि एनआरएनए कोरियालाई विवादित बनाउने अभियानमा लागेको स्रोतको दावी छ ।
यो रुष्ट समुहलाई उचालेर संस्थालाई बदनाम बनाउन अन्य केहि पत्रकार, व्यापारी लगाएको समुह अप्रत्यक्ष रुपमा सक्रिय रहेको बताईन्छ ।
कसरी सुरु भयो किचलो ?
एनआरएनए कोरियाले आफुहरुलाई सामाजिक अभियान्ता, समाजसेवी लगायतमा पदवी नदिएपछि रुष्ट बनेको सो समुह मध्येका केहिले हरेक गतिविधिको नकारात्मक प्रतिक्रिया दिँदै आएको थियो । यसै विचमा नेपालमा कोरोना प्रकोपका कारण रोकिएका नेपाली ल्याउन संघले विमान चार्टर गरेपछि चर्को टिकट शुल्क तोकेको भन्दै रुष्ट मध्येका एकजना पत्रकारले सामाजिक संजालमा स्टाटस राखेका थिए ।
सोहि स्टाटसलाई स्किृनसट गरी एनआरएनएका पदाधिकारीले चार्टर विमान कोरिया ल्याउन नदिने खेल सुरु भन्दै आफ्नो पेजमा पोष्ट्याएका थिए
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस