सोल-सोलस्थित नेपाली राजदूताबासले नेपाली कामदारहरुलाई कानुनी झन्झट नहुनेगरि कार्य गरि दिन कोरियन सरकारको विभिन्न निकायमा पत्राचार गरेको छ।
विश्वभर फैलिरहेको कोरोना माहामारीका कारण हाल नेपालमा लकडाउन रहेको र संक्रमण फैलिन नदिन नेपाल सरकारले पछिल्लो पटक जुन २ तारिखसम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको पत्रमा जनाइएको छ।
पत्रमा संक्रमणलाई नियन्त्रण गर्न सरकारले सिमा तथा सम्पुर्ण आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान समेत जुन १४ तारिख सम्म बन्द गरेको जनाउदै यसको प्रत्यक्ष असर हाल कोरिया लगायतका अन्य मुलुकहरुमा रोजगार, अध्ययन तथा अन्य प्रयोजनले रहदै आएका नेपालीहरुमा परेको असर प्रति कोरिया स्थित नेपाली राजदुतावास गम्भिर रहेको जनाइएको छ।
कोरियामा रहेका नेपाली कामदार,बिद्यार्थी ,ब्यबसायीसंग सम्बन्धित कार्यालयहरुमा पठाईएको पत्रमा नेपालस्थित कन्सुलर विभाग, परराष्ट्र मन्त्रालय मार्फत आउनुपर्ने अत्यावश्यक प्रमाणित कागजातहरु त्यहाँको बन्दाबन्दीका कारण प्रभावित भएको र दूतावासले सोही विषयमा विभिन्न व्यक्तिहरुबाट फोन, मेसेज तथा ईमेलहरु समेत प्राप्त गरिरहेको उल्लेख छ।
‘यस विषम परिस्थितिमा परिस्थितिको गाम्भिर्यतालाई मुल्याङ्कन गर्दै कोरियामा रहेका नेपालीहरुको भिसा म्याद सकेसम्म लम्ब्याई तथा उनिहरुको बसाईलाई कानुनी झण्झट मुक्त बनाएर नेपाल सरकारको अर्को निर्णय नभइन्जेलका लागि सहज बनाइदिनु हुन सम्बन्धित सम्पुर्ण कोरियाली निकायहरुमा हार्दिक अनुरोध गर्दछु ।’ दूताबासको पत्रमा उल्लेख छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस