सोल-नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आएका विज्ञद्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ , नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासंघ ,महिलाको लागि महिला ,नेपाली विद्यार्थी समाज लगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो कक्षा सञ्चालन हुन लागेको हो।
साप्ताहिक रुपमा संचालन हुन लागेको कार्यक्रममा यही आउँदो आइतबार अक्टोबर ११ हरेक आईतबार बेलुकी ७ बजे देखि सुरु हुनेछ ।
पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि त्यस्तै दोस्रो हप्ता महामारी बाट बच्न खानपान र जीवनशैली तेश्रो हप्तामा पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता चौथो हप्तामा मानसिक स्वास्थ्य सम्बन्धी चेतना त्यस्तै पाँचौं हप्ता तनाव व्यवस्थापन कार्यक्रम हुनेछ ।
छैटौं हप्तामा हासिखुसि जिउने कला सातौँ हप्ता सम्बन्ध स्वास्थ्य र साधना आठौं हप्ता वित्तीय साक्षरता र यसको महत्व नवौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएकाको उद्यमशिलताका लागि सरकारी नीति दसौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरु, एघारौ हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र अन्त्यमा घर फिर्ती तयारी गरी डिसेम्बरको २७ तारिक सम्म यो कक्षा सञ्चालन हुने जानकारी श्रम सहचारी रमा भट्टराईले जानकारी दिइन्।
कार्यक्रम दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली माझ पुर्याउन नेपाली राजदूतावास दक्षिण कोरियाले सबैलाई सहभागीताको लागि अनुरोध गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस