सोल-रोजगार अनुमति प्रणाली (ईपीएस ) मार्फत दक्षिण कोरिया आएका एक नेपाली कामदार बेपत्ता भएका छन्।
जाजरकोट घर भइ बर्दीया बस्दै आएका दिलबहादुर ओली गत शनिबारदेखि बेपत्ता भएको जनाइएको छ।
कोरियन प्रहरी तथा भाषा अनुवादक मुक्त गुरुङका अनुसार ओली छुङछङनाम्दो दाङ्जिन सी, सिनप्योङ म्योनमा काम गर्दै आएका थिए।
ओलीका साथीले दिएको जानकारी अनुसार शनिबार बजार घुम्न गएका बेला शौचालय जान्छु भनेर छुटेका ओली बेपत्ता भएको सहयोगी गुरुङले सामाजिक संजालमा जनाएका छन्।
गुरुङका अनुसार प्रहरीले ओली शौचालय गएको सीसीटीभी फुटेज हेरेको र त्यहाँबाट ५३ सेकेन्डमा नै निस्केर बाटो क्रस गरेर गएको देखिएको छ।
साथीलाई छोडेर अचानक बेपत्ता भएका ओलीले एलियन कार्ड र मोबाइल कम्पनीमा नै छाडेर गएका छन् ।
हालसम्म नेपालमा उनको घर परिवारसंग सम्पर्क नभएको पनि साथीहरुले बताएका छन् ।
कोरियामा रहेको कुनै पनि नेपाली ओलीलाई देखिए भेटे नजिकको प्रहरी चौकीमा वा साहुलाई 010-4154-7441 मा सम्पर्क गरि दिन अनुरोध गरिएको छ। ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस