अमेरिका-गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरूले विदेशमा कार्यरत पत्रकारमाथि गालीगलौज तथा डरधम्की दिएका छन् ।
गैरआवासीय नेपाली संघ अमेरिकाको सक्रियतामा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरूले आफ्नो अनुकूल समाचार नलेख्ने पत्रकारहरूलाई ठेगान लगाइदिने धम्की दिएका हुन् ।
एक दर्जन राष्ट्रिय समितिका अध्यक्षहरू सहभागी भएको बन्दसत्रमा गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिग्राम डुम्रेले संघको निर्वाचनमा आफ्नो पक्षले जितेपछि केही पत्रकारलाई ठेगान लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष दिपक गौतमले पत्रकारहरूले संघको केन्द्रीय कार्यालयबाट सूचना लिएर समाचार लेखेको भन्दै आक्रोश पोखेका थिए ।
पछिल्लो समयमा पंजीकृत सदस्यहरूको शुल्क नतिरेको र नेपाल बाढीपहिरोले आक्रान्त भएको बेला अध्यक्षहरू विधानविपरीत भेला गर्दै हिँडेको भन्दै आलोचना भएका समाचार प्रकाशित भएपछि उनीहरू आफ्नो कमजोरी ढकछोप गर्न आक्रामक भएका हुन् ।
भेलाको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पत्रकार श्याम लुइँटेल र चिरन शर्मालाई जरोसमेत उखलेर फाल्ने धम्की दिँदै सार्वजनिक बेइज्जतीसमेत गरेका छन् ।
लुइँटेल नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार र शर्मा महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष हुन् । पत्रकार सम्मेलनमा लुइँटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरी विधानविपरीत भेला आयोजना गर्न हुन्छ र ? भन्नेलगायतका प्रश्न गरेका थिए ।
शर्माले पनि केन्द्रीय समिति नै अवैधानिक भन्ने, फेरि त्यही केन्द्रीय समितिलाई नै माग राख्ने कसरी वैधानिक हुन्छ ? भन्ने प्रश्न सोधेपछि मगर आक्रोशित भएर धाकधम्की दिएका हुन् ।
गाहा मगरले पत्रकारको प्रश्नको मर्ममा प्रवेश नै नगरी सार्वजनिक कार्यक्रममै गालीबेइज्जती सुरु गरेका थिए । उनले पत्रकार सम्मेलनमा शर्मालाई आउन दिनै नहुने तर्क गरेका थिए । गाहा मगर बेलायतकै अर्का पत्रकार लुइँटेलमाथि खनिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस