बुटवल-सत्तारुढ नेकपा प्रदेश ५ ले प्रदेशअन्तर्गतका प्रदेश र प्रतिनिधीसभा निर्वाचन क्षेत्र, उपमहानगरपालिका तथा विभाग र फाँटहरुको जिम्मेवारी बाडफाँड गरेको छ ।
नेकपा प्रदेश नं. ५ कार्यालयको बुटवलमा कमिटीका अध्यक्ष ओनसरी घर्तीको अध्यक्षता, प्रदेश कमिटीका इन्चार्ज एवं प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।
बैठकमा प्रदेश कमिटीका सह–इन्चार्जहरु कुलप्रसाद के.सी., दलबहादुर राना, वैजनाथ चौधरीको समेत उपस्थितिमा बसेको बैठकले सबै क्षेत्रमा जिम्मेवारी बाँडफाड गरेको हो।
प्रदेश नं. ५ का १२ वटै जिल्लाका निर्वाचन क्षेत्रमा इन्चार्ज र सहईन्चार्ज तोकिएको छ भने फाँट, सल्लाहकार कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र, उपमहानगरपालिका, नगरपालिका एवं गाउँपालिकाहरुमा पनि जिम्मेवारी बाँडफाँड गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ।
रुपन्देहीको क्षेत्र नं. १ को इन्चार्ज हिरा केवट र सहइन्चार्जको जिम्मेवारी जानकी न्यौपानेलाई दिइएको छ भने क्षेत्र नं. २ इन्चार्ज गोपाल भट्टराई र सहइन्चार्ज पुरुन गुरुङ बनेका छन्।
त्यसैगरी, क्षेत्र नं. ३ को इन्चार्ज विश्वराज बराल र सहइन्चार्ज पुष्पाञ्जली उपाध्याय बन्दा क्षेत्र नं.४ मा इन्चार्ज .बाबुलाल यादव र सहइन्चार्जमा लक्ष्मी कोइरालाले जिम्मेवारी पाएका छन् । क्षेत्र नं. ५ को इन्चार्ज .भूमिलाल सापकोटा बन्दा सन्तोष रसाइली सहइन्चार्ज बनेका छन्।
त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्रतर्फ क्षेत्र नं. १ (१) इन्चार्जमा कृष्ण न्यौपाने र सह-इन्चार्ज .मक्सुद अली, क्षेत्र नं.-१ (२) मा इन्चार्ज हिरा केवट, क्षेत्र नं.- २ (१) इन्चाज भगवती घिमिरे २ मा इन्चार्ज भोजप्रसाद श्रेष्ठ र सहइन्चार्जको जिम्मेवारी सावित्रा अर्याललाई दिइएको छ।
त्यसैगरी, क्षेत्र नं.३ (१) मा इन्चार्ज .विश्वराज बराल, क्षेत्र नं.३ (२) मा इन्चार्ज तुलसी चौधरी , क्षेत्र नं.४ (१) इन्चार्ज ओमप्रकाश गुञ्जारी, क्षेत्र नं.४ (२) मा इन्चार्ज लक्ष्मी कोइरालालाई जिम्मेवारी दिइएको छ । यस्तै, क्षेत्र नं.५ (१) मा इन्चार्जको जिम्मेवारी भूमिलाल सापकोटालाई दिइएको छ भने क्षेत्र नं. ५ (२)मा इन्चार्ज सन्तोष रसाइली, सहइन्चार्ज .इन्साफ मुसलमान बनेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस