काठमाडाैं-ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चीनको ऐतिहासिक शहर सियान नगरीबीच भगिनी सम्बन्ध स्थापना भएको छ । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्त्वपूर्ण खुट्किलो हुने विश्वास गरिएको छ ।
चीनको सियान सिटी त्यहाँका राष्ट्रपति सीको गृहनगर पनि हो । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको हो । चीनका राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत होउ याङ छीले आइतबार भव्य समारोहका बीच उक्त ऐतिहासिक सम्बन्ध स्थापनाको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरपछि बुटवलका मेयर सुवेदी र सियान शहरका तर्फबाट चिनियाँ राजदूतले एकअर्कालाई हस्तान्तरण गरेका थिए । भगिनी सम्बन्धले संस्कृति आदानप्रदान हुने र दुवै नगरका बीचमा सुमधुर सम्बन्ध कायम हुने विश्वास गरिएको छ ।
सियान चीनमा सांस्कृतिक हिसाबले धनी नगर मानिन्छ । यो त्यहाँका तत्कालीन विभिन्न ऐतिहासिक शहरहरूको मुख्य राजधानी थियो । त्यहाँ करिब एक दर्जन जति वंशको ऐतिहासिक शासनकालमा महत्त्वपूर्ण विकासका कामहरू भएका छन् । त्यस्तै, नेपालको बुटवल पनि बुद्धबलीको ऐतिहासिक क्षेत्र तथा प्रागऐतिहासिक रामापिथेकसको अवशेष फेला परेको क्षेत्र हो ।
सियान शहरका उच्च अधिकारीहरूले यसअघि बुटवलको भ्रमण गरेका थिए । त्यस क्रममा उनीहरूले बुटवलको सांस्कृतिक र ऐतिहासिक पक्ष महत्त्वपूर्ण रहेको भन्दै प्रशंसासमेत गरेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस