रुपन्देही-प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शान्ति र सुस्वास्थ्यको कामना गरेका छनl
क्रिसमसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समाज विविधतायुक्त समाज भएकाले जाति, भाषा, धर्म र संस्कृतिको विविधताले मुलुक रङ्गिएको चर्चा गर्दै विविधतायुक्त समाजमा अहिले एउटा समुदायले मान्ने संस्कृति र धर्म अरु समुदायका लागि पनि साझा हुँदै गएको बताए।
“धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै जानु विविधतायुक्त समाजको एकता हो, यसले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बन्दै जाने विश्वास लिएको छु”,उनले सन्देशमा भनेका छन।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म र समुदायको सम्मान हुने मार्गप्रशस्त गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले यतिखेर मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने उल्लेख गरे। “अहिले मुलुक संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दिशामा अघि बढेको छ। समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा सङ्कल्पित छ। त्यसका लागि हामीले समृद्ध प्रदेश खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौँ”, शुभकामना सन्देशमा भनिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस