बुटवल- रुपन्देहीका स्थानीयतहले प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी मुकाम तोक्न माग गरेका छन् ।
रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको आज बुटवलमा भएको भेलाले प्रदेश नं ५ को सरकारले प्रदेशसभामा पेश गरेको नयाँ प्रस्तावका सम्बन्धमा रुपन्देहीका सबै स्थानीय सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।
भेलापछि जारी विज्ञप्तिमा उनीहरुले प्रदेशको स्थायी मुकाम रुपन्देहीलाई नै बनाउन सकिने प्रर्याप्त आधार, अवस्था, पूर्वाधार र सम्भावना हुँदाहुँदै यहाँबाट अन्यत्र सार्न खोज्नु तथा सार्ने निर्णय गर्नु उचित नरहेको ठहरसमेत गरेका छन् ।
विज्ञप्तिमा बहुसङ्ख्यक जनतालाई र क्षेत्रलाई पायक पर्ने, ऐतिहासिक स्थल रुपन्देहीनै प्रदेशको स्थायी मुकामका रुपमा घोषणा गरियोस् भन्ने आम चाहना रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अस्थायी मुकामका रुपमा रहेको रुपन्देही विश्व शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएको उपयुक्त क्षेत्र बुद्धावलीको ऐतिहासिक क्षेत्रका रुपमा रहेको जिल्लामा मात्रै सिमित नरहेर पूर्वमा दाउन्ने र पश्चिममा धानखोलासम्मको यो बीचको तीन जिल्ला र छिमेककका पहाडी जिल्लाको समेत बृहत्तर रुपन्देहीमा अपनत्व रहेको उल्लेख गरिएको छ ।
यस्तै रुपन्देही उपयुक्त पूर्वाधार विकास, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय सीमाना, प्रशासनिक पहुँच, सुगमता, औद्योगिक तथा व्यापारिक केन्द्र र मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको र जनसङ्ख्याको अनुपातका हिसाबले पनि रुपन्देहीनै प्रदेश मुकामका लागि उपयुक्त स्थल रहेको ठहर भेलाले गरेको छ ।
प्रदेशको अस्थायी मुकाम स्थापना गर्न स्थानीय तह, व्यावसायिक, सामाजिक सङ्घसंस्था, सामुदायिक सङ्घहरुले गरेको योगदानको उच्च कदर गर्नु प्रदेशको कर्तव्य हुने भएकाले प्रदेशको स्थायी मुकामका सम्बन्धमा गरिएको यो निर्णयलाई सच्याउन स्थानीय सरकारका जनप्रतिनिधिको साझा माग रहेको विज्ञप्तिमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस