बुटवल- लुम्बिनीमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१ स्थित भगवानपुर (खुनगाई) मा पाँच करोड रुपैयाँकाे लागतमा रामजानकी हनुमान मन्दिरको निर्माण थालिएको छ ।
विवाह पञ्चमीको अवसर पारेर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे ।
धर्म संस्कृतिको संरक्षण र संम्वर्द्धनका लागि रामजानकी हनुमान मन्दिर निर्माण गर्न लागिएको मेयर मनमोहन चौधरीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न हुनेछ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका इञ्जिनियर राजेश कोहारले एक बिघा एक धुर क्षेत्रफलमा मन्दिर बन्ने बताए । उनका अनुसार रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल मन्दिर निर्माण हुनेछन् ।
दुई हजार वर्गफिटमा बन्ने मन्दिर आकर्षक डिजाइनमा तयार हुने पनि कोहांरले बताए । मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ ।
बाबुल लुम्बिनी सांस्कृतिक एशोसिएट प्रालिले उक्त मन्दिर निर्माणका लागि १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस