काठमाडौं-डोजरले महिला हुत्याएको अभियोग लागेका चालक किशोर बोहरा पुर्पक्षका लागि कारागार चलान भएको समाचार आजको अन्नपूर्ण पोस्टले छापेको छ |
समाचार अनुसार जिल्ला न्यायधीस ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले बोहरालाई थुनामा पठाउन आदेश दिएको हो ।
डोजरधनी भनि जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशी जनही ५० हजार रूपैया धरौती तिरेर रिहा भएका छन् ।
दशरथचन्द नगरपालिका–९ ग्याल्लेकमा कार्तिक ४ गते सडक निर्माणका क्रममा स्थानीय गौरी जोशीकालाई डोजरले हुत्याएको थियो ।
सडक निर्माण गर्ने र रोक्ने पक्षबीच झडप भएको थियो । प्रहरीले त्यही दिन चालक बोहरालाई प्रक्राउ गरेको थियो ।
डोजरधनी जोशी लगायत कार्तिक ६ गते पक्राउ परेका थिए । घटनामा घाइते भएकी जोशीको उपचार कोहलपुरपछि भारतमा गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस