धनगढी-कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमूनाको नतिजा नेगेटिभ आएको छ ।
यहाँ शुक्रबार आयोजित ‘कोभिड–१९ मिडया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये एक हजार ४३२ नमूनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए ।
प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।
शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४८९, कञ्चनपुरका १३७ र डोटीका २१३ जनाको रगतको नमूना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेका सबैको आरडिटी माध्यमद्वारा रगतको नमूना जाँच गर्ने लक्ष्य छ । नमूना जाँचमा पोजेटिभ नतिजा आउनेको स्वाब सङ्कलन गरी परीक्षण गरिने जनाइएको छ ।
क्वारेन्टाइनमा बस्नेहरु थपिदै
प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा शङ्कास्पद बिरामी थपिने क्रम बढ्दै गएको छ । शुक्रबारसम्म जम्मा ५६ बालबालिकासहित दुई हजार ५१३ क्वारेन्टाइनमा बसेका छन् ।
बिहीबारसम्म क्वोरेन्टाइनमा ५६ बालबालिकासहित दुई हजार ४६६ बसेको तथ्याङ्क थियो । यस्तै बिहीबारसम्म १७ विभिन्न अस्पतालको आइसोलेसनमा बसेकोमा शुक्रबार दुई जना थपिएका छन् । आइसोलेसनमा बसेकामध्ये ५८ सामान्य उपचारपछि फर्किको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस