बैतडी-दशैँलाई खानपीनको पर्वका रुपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा यो पर्वमा खानपीन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसावले दशैँ मनाईएको छ । सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक दशै मनाइदै आएको हो ।
मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरु सात्विक हिसाबले मनाउने चलन छ ।
दशैँ घटस्थापनाको दिनदेखि नै धेरै जसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “परापूर्वकालदेखि नै यो क्षेत्रमा दशैँको बेला चोखो भोको रहने चलन छ । घटस्थापनादेखि नवरात्र उपासन गर्ने चलन रहेको छ । यो समयमा नवरात्र उपासना गर्नेहरुले शुद्ध शाकाहारी भोजन मात्रै खाने गर्दछन् ।”
दशैँमा खानपीन गरेर रमाइलो गर्ने चलन रहेको भएपनि यो क्षेत्रमा सात्विक हिसाबले दशैं मनाउने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । दशैँमा देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैँ मनाउने गरिएको छ ।
दशैँ शक्तिको पर्व भएकाले शक्तिको उपासना गरेर मनाउने गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “दशैँमा शक्तिको पूजा हुन्छ । शक्ति प्राप्तिका लागि साधना आवश्यक छ । त्यसैले यो क्षेत्रमा दशैँका बेला चोखो भोको रहेर नवरात्र उपासन गर्ने चलन रहेको छ ”
पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन शुरु गरेका श्रद्धालुहरुले नवरात्रको दश दिन सम्म एकछाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् । आज विजयादशमीको टीका ग्रहण गरेपछि मात्रै खाना खाने चलन रहेको पण्डित देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुुभयो, “ दशैँका बेला मीठोमसिनो खाने, मासु खाने चलन देशका अन्य ठाउँमा छ तर यहाँका विभिन्न शक्तिपीठमा दशैँको दिन पूजाआजा हुने भएकाले सो दिन श्रद्धालुहरु व्रत बस्ने गर्छन् ”
यस्तै यहाँ सामूहिक रुपमा टीका जमरा ग्रहण गर्ने चलन रहेको भएपनि यो वर्ष कोरोना भाइरसले समस्या भएको उहाँको भनाइ छ । शक्तिपीठ तथा मन्दिरहरुमा घटस्थापनाका दिन सामूहिक रुपमा राखिएका जमरा आज सामूहिक रुपमा ग्रहण गर्ने प्रचलन भएपनि यो वर्ष कोरोनासका कारण सामूहिक रुपमा टीका जमरा ग्रहण गर्न समस्या भएको उहाँले बताउनुभयो । दशैँ पारिवारिक मिलनको पर्व भएपनि यो वर्ष कोरोनाका कारण बसाईसराई गरेर गएकाहरु पनि गाउँ फर्कन पाएका छैनन् ।
विजयादशमीको अवसरमा आज बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा सम्पन्न भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ स्थित महारुद्र मन्दिरमा आज बिहान पूजाआजा सम्पन्न भएको स्थानीय वीरबहादुर टेरले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “ शिवरुपी देवताको रुपमा पूजिने महारुद्रमा हरेक वर्षको नवरात्रमा पूजाआजा हुन्छ, यहाँको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।”
महारुद्र मन्दिरमा बिसुपर्व, बौद्ध पूर्णिमा, माघे सङक्रान्ति, वसन्त पञ्चमीका दिनमा समेत पूजाआजा हुने गरेको छ । यस्तै छडिलिङ्गमा पनि आजै वलि सहित जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्षको विजयादशमीका दिन छडिलिङ्गमा बोकाको बलिसहित जात्रा हुने गरेको टेरले बताउनुभयो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस