काठमाडौं – शुरुवाती चरणमै पराजित भएर विश्वकप र एसिया कपबाट बाहिरिएको नेपालले फेरि छनौट खेल खेल्न पाउने भएको छ। यसका लागि एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाइसकेको छ।
भारतसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको नेपालले तेस्रो चरण छनौट खेलका लागि अवसर पाएका हुन्। तेस्रो चरणको खेलमा छनोट भएको कुवेत र ग्वाम कारबाहीमा परेपछि सोलिडारिटी कप जितेको नेपाल र उपविजेता बनेको मकाउले यो अवसर पाएको हो।
२४ समूहले सहभागिता जनाउँने प्रतियोगितामा आफ्नो स्थानसम्म सुरक्षित गर्ने अवसर एएफसीले दिएको छ। १२ समूह छनोट भइसकेको र बाँकी १२ का लागि २४ समूहबीच स्पर्धा हुँदैछ।६ समूहमा विभाजित तेस्रो चरणको छनोट खेल होम एण्ड अवेका अधारमा हुनेछ। जुन वर्षदिनसम्म चल्नेछ। खेल सन् २०१७ मार्चबाट शुरु हुनेछ।
प्रतियोगिताको ड्र भने जनवरी १८ मा सार्वजनिक गरिने एएफसीले जनाएको छ। छनोटको तेस्रो चरणमा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान, उत्तर कोरिया, भारत, प्यालेस्टाइन, ताजकिस्तान, भियतनाम, हङकङ, तुर्कमेनिस्तान, माल्दिभ्स, लेबनान, यमन, अफगानिस्तान, चाइनिज ताइपेई, म्यानमार, मलेसिया, सिंगापुर, कम्बोडिया र भुटान छन्।
सन् २०१९ मा युएईमा एसिया कप हुँदैछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस