काठमाडौं – विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ ।
विश्वकपलाई बिस्तार गर्नका लागि दिइएको पाँच बिकल्पहरुमध्ये फिफा काउन्सिलका ३७ सदस्यहरुबीच गराइएको मतदानमा ४८ टोली सहभागी गराउने प्रस्तावले बहुमत पाएको हो ।
२०२६ को विश्वकपमा ४८ मुलुकका टोलीहरु सहभागी हुनेछन् । सहभागी टोलीलाई १६ समूहमा बिभाजन गरिनेछ र समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा प्रबेश पाउनेछन् ।
सन् १९९८ देखि विश्वकपमा ३२ टोलीले सहभागिता जनाउँदै आएका थिए । जसमा ३२ टोलीलाई ८ समूहमा बिभाजन गरी समूहको शीर्ष दुईलाई नकआउट चरणमा पुर्याउने व्यवस्था थियो ।
फिफा मुख्यालय ज्युरिचमा भएको मतदानपछि २०२६ को विश्वकपदेखि नयाँ संरचनामा विश्वकप आयोजना हुने भएको हो ।नयाँ संरचना अनुसार विश्वकपमा जम्मा ८० खेल हुनेछन् भने विश्व बिजेताले अगाडिकै संरचनाअनुसार ७ खेल्नेछन् । प्रतियोगिता ३२ दिनको हुनेछ ।
प्रतियोगिता लामो हुने भएपछि युरोका चर्चित फुटबल लिगको संरचनामा केहि असर पर्ने देखिएको छ । फिफाको यो निर्णयको पछाडि गत फेब्रुअरीमा फिफा अध्यक्ष निर्वाचित भएका जियान्नी इन्फान्तिन्होको प्रमुख भुमिका छ । उनले भनेका छन् कि ‘विश्वकप अब अझै समावेशी भएको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस