काठमाडौं -अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा बुधबारदेखि दोस्रो खेलकुद सप्ताह हुने भएको छ । ओप्स अन्तर्गतका १९ विद्यालयको सहभागिता रहेका खेलकुद सप्ताहमा एथलेटिक्स, फुटबल र ब्याडमिन्टनका खेल हुने आयोजकका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पहिलो संस्करणमा फुटबल मात्र आयोजना गरेको संस्थाले यस पटकदेखि अन्य खेललाई पनि समावेश गरेको हो । आगामी माघ १८ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहका खेलहरु तारकेश्वर नगरपालिकास्थित गोलढुंगाको खेलकुद मैदानमा हुनेछ ।
सप्ताहमा छात्र फुटबलका साथै एथलेटिक्स अन्तर्गत हाइजम्प, लङजम्प, सटपुट, एक सय, दुई सय मिटर र सय मिटरको रिले समावेश गरिएको प्रतियोगिता संयोजक एवं सिर्जना ज्ञान सागर हाई स्कुलका प्रिन्सिपल राजेन्द्र फुयाँलले जानकारी दिए । त्यसैगरी एन्जल हर्ट स्कुलको संयोजनमा हुने ब्याडमिन्टन प्रतियोगितामा छात्र छात्राको सिंगल र मिक्स डबलका एभेन्टहरु सञ्चालन हुने एन्जल हर्ट हाइ स्कुलका प्रिन्सिफल धनबहादुर पुनले पत्रकार सम्मेलनमा बताए ।
अनुमानित ४ लाख रुपैयाँ बजेट रहेको सप्ताह अन्तर्गत फुटबल प्रतियोगिताका वेस्ट किपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, हाइस्कोरर, वेस्ट कोच, अनुशासित टिम र सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कारका साथै आकर्षक ट्रफी प्राप्त गर्ने संयोजक फुयाँलले जानकारी दिए ।
‘शारीरिक तन्दुरुस्तीका लागि खेलकुद र समाजका लागि खेलाडी’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको खेलकुद सप्ताहको मुख्य उद्देश्य बालबालिको प्रतिभा प्रस्फुटनका साथै कुसल एवं प्रतिभावान खेलाडी उत्पादन गर्नु रहेको ओप्सका अध्यक्ष खड्काले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस