काठमाडौं – क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।युएईको आबुधावीमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब ग्रेमियोलाई १–० ले पराजित गर्दै रियल क्लब विश्वकपको च्याम्पियन बनेको हो।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले फ्रिकिक मार्फत गरेको गोल निर्णायक बनेको थियो।
योसँगै रियल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि लगातार दोस्रो पटक जितेको छ। क्लब विश्वकपको उपाधिसँगै रियलले यो सिजनमा पाँच उपाधि जितेको छ। यस बर्ष उसले च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, यूएफा सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकपको उपाधि हात पारेको छ।
योसँगै रियलले तीनपटक क्लव विश्वकप जित्दै बार्सिलोनाको कीर्तिमान समेत बराबरी गरेको छ। दुवैले तीन तीन पटक उपाधि जितेका छन्।
रियलका लुका मोडरिचले उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल हात पारे। यसैगरी रोनाल्डोले सिल्भर बल तथा पाचुकाका जोनाथनले ब्रोन्ज बल पाए
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस