काठमाडौं -रुस्लान थ्रीस्टार क्लबले नेपाल आर्मी क्लबलाई हार चखाउँदै थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
इटहरीस्थित क्षेत्रीय रंगशालामा भएको खेलमा थ्रीस्टारले टाइब्रेकरमा विभागीय टोली नेपाल आर्मीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
निर्धारित र थपिएको समयमा एकएक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । जहाँ थ्रीस्टारले बाजी मार्यो । टाइब्रेकरमा थ्रीस्टारसँग आर्मी ५-३ गोलअन्तरले पराजित भएको हो ।
यसअघि खेलको नियमित समयमा आर्मीका लागि खेलको २५ औं मिनेटमा गोल गर्दै नवयुग श्रेष्ठले अग्रता दिलाएका थिए । नवयुगले दिलाएको अग्रतालाई खेलको ५७ औं मिनेट थ्रीस्टारका लागि मार्टिन्सले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
टाईब्रेकरमा थ्रीस्टारका राजिन सुब्बा, बुद्ध चेम्जोङ, निराजन खडका, सुनिल बल र अनन्त तामाङले गोल गरे । पराजित आर्मीबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ र दीप लामाले मात्र गोल गरे । यो खेलको म्यान अफ द म्याच थ्रीस्टार क्लबका पिटर सेगुनले दश हजार रुपैयाँ प्राप्त गरे ।
थ्रीस्टारले अब फाइनलमा उपाधिका लागि आगामी माघ १३ गते कोलकाताको गरिफा स्पोर्टिङ क्लब र मनाङ मर्स्याङदी क्लबबीचको विजेतासँग भिड्ने छ । बिहीबार हुने दोस्रो सेमिफाइनल खेल पाहुना टोली गरिफा स्पोर्टिङ क्लब कोलकाता र मनाङ मर्स्याङ्दीबीच हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस