पोखरा – धरान फुटबल क्लव सुनसरी, पोखरामा जारी आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा विदेशी टोली युनाइटेड सिक्किम फुटवल क्लव भारतलाई ३-० ले पराजित गर्दै धरान क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकेको सिक्किमले दोश्रो हाफमा १४ मिनेटको अन्तरमा ३ गोल खायो ।पहिलो हाफदेखी नै दवाबमा राखेर बारम्बार पोष्ट चार्ज गरेको धरानका लागि ७१ औं मिनेट टर्निङ प्वाइन्ट बन्यो ।
बारम्बारको पोष्ट चार्ज असफल भइरहेका बेला धरानका डिफेन्डर रोमन लिम्वुले ६१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।पेनाल्टी एरियामा बल घुमिरहेका बेला धरानका वर्तमान राईले पछाडि दिएको पासलाई लिम्वुले डि-एरिया बाहिरबाट फष्र्ट बार च्यापेर प्रहार गरेको बलले सिधै जाली चुमेको हो ।
पहिलो गोल गरेको २ मिनेट बित्न नपाउँदै स्वजन राईले धरानका लागि दोश्रो गोल गरे । खेलको ६३ औं मिनेटमा वर्तमान राईको क्रस, निशान लिम्वुको पासमा गोल लाइन नजिक रहेका स्वजनले सहजै गोल गरे ।
त्यसको ११ मिनेट पछि नै धरानका धिरेन लिम्वुले तेश्रो गोल गर्दै जित सुनिश्चित गरे । उनले निशान लिम्वुको पासमा गोल गरेका हुन् ।धरानका आधा दर्जन गोल गर्ने प्रयास असफल भए । खेलको १७ औं मिनेटमै वर्तमान राईले फष्र्ट बार च्यापेर प्रहार गरेको उत्कृष्ट किक बिपक्षी किपर अविद मोहम्मदले बचाए ।
वान भर्सेज वानको अवस्थामा वर्तमान गोल गर्न चुकेका हुन् । त्यसको २ मिनेट पछि नै १९ औं मिनेटमा निशान लिम्वुको पासमा स्वजन राई गोल गर्न असफल रहे । उनले प्रहार गरेको बल फष्र्ट बार हुँदै बाहिरियो ।
३१ औं मिनेटमा दिपेश मगरले पेनाल्टी एरियामा पाएको अवसर फितलो प्रहार गर्दा गोलमा परिणत हुन सकेन ।३५ औं मिनेटमा निशान लिम्वुको प्रहार गरेको बल किपरले बचाऊ गर्दा रिबाउण्ड भएको वल पुनः दिपेश मगरले प्रहार गर्दा बिपक्षी सरोज राईले मुश्किलले क्लियर गरे ।७० औं मिनेटमा वर्तमान राईले फष्र्ट बार च्यापेर गरेको प्रहार बिपक्षी गोलकिपर अविद मोहम्मदले मुश्किलले बचाए |
८२ औं मिनेटमा निशान लिम्वुको पासमा वर्तमान राईको प्रहार पनि खेर गयो । उनले बिपक्षी गोलकिपर अविदसँग वान भर्सेज वान हुँदा पनि पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा सिधै गोलकिपरको हातमा बल पर्यो ।
पाहुना टोली युनाइटेड सिक्किम फुटवल क्लव भारतले पनि केहि राम्रा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । तेश्रो मिनेटमै गोल गर्ने सुन्दर अवसर गुमाउँदा सिक्किम हार बेहोर्न बाध्य भयो ।सिक्किमका नोइल सेवाले प्रहार गरेको उत्कृष्ट हेडर गोल पोष्ट भन्दा थोरै माथीबाट बाहिरियो ।
१४ औं मिनेटमा पनि सिक्किमले दोश्रो पटक गोल गर्ने अवसर गुमायो । सिक्किमका कालिकोटेले प्रहार गरेको वल प्रहार गरेको वल धरानका गोल किपर विवश चौधरीले मुश्किलले बचाउँदा रिबाउण्ड भएको बल पुनः प्रहार गर्दा पनि जाली चुम्न सकेन ।
६० औं मिनेटमा मनोज दर्नालको पासमा सिक्किमका मानस राईको प्रहार पनि बिपक्षी गोलकिपरले उत्कृष्ट पञ्च गर्दै बचाए ।८३ औं मिनेटमा सब्ष्टीच्यूट खेलाडी पेमा लेण्डुपले गोल गर्ने सुन्दर अवसर गुमाए । गोल किपर मात्र रहेको अवस्थामा लेण्डुपले पेनाल्टी एरियाबाट प्रहार गरेको बलपनि गोल पोष्ट भन्दा थोरै माथीबाट बाहिरिएको हो ।
बिजयी भएपछि धरान फुटवल क्लव सुनसरीका प्रशिक्षक अर्जुन राईले ईटहरीमा खेलेका खेलाडी रातारात लिएर पोखरा आउँदा सोंचेजस्तो खेल प्रदर्शन गर्न नसकेपनि जित निस्किएकोमा खुशी व्यक्त गरे ।
इटहरीमा आयोजक जागृती युवा क्लवबाट आफ्ना खेलाडीले खेलेको र त्यहाँ कलकत्तासँग पराजित भएपछि रातारात पोखरा आएर खेल्दा खेलाडीहरु थाकेर उत्कृष्ट प्रदर्शन गर्न नसकेको उनको भनाई थियो ।
अघिल्लो पटक आहा ! रारा गोल्डकपको सेमीफाइनल सम्मको यात्रा तय गरेको धरान यसपटक नयाँ युवा खेलाडी मात्र लिएर पोखरा आएको उनले बताए ।
पराजित टिम युनाइटेड सिक्किम फुटवल क्लव भारतका म्यानेजर पेमा ग्याट्सो भुटियाले आफ्ना सिनियर खेलाडी भारतको पट्नामा जारी राष्ट्रिय स्तरको सन्तोष ट्रफी फुटवल प्रतियोगितामा भाग लिइरहेकाले दोश्रो रोजाईका युवा खेलाडी लिएर आउँदा सोंचेजस्तो खेल प्रदर्शन गर्न नसकेको स्विकारे ।
प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी वलको एपीएफ क्लव र संकटा क्लव प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लवले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस