काठमाडौं – थ्रीस्टारलाई हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा थ्रीस्टारलाई १-० गोल अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो । यो जितसँगै पुलिसले क्याराभान गोल्डकपसहित आहा रारा गोल्डकपको उपाधि छैटौं पटक जितेको छ । पुलिसले उपाधिसँगै ७ लाख १ हजार पाएको छ ।
अघिल्लो हप्तामात्र मदन भण्डारी मेमोरियल गोल्डकप जितेको थ्रीस्टार भने उपबिजेतामै सिमित भएको छ । उपविजेता थ्रीस्टारले पनि ३ लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ ।
पुलिसको जितमा सब्स्टीच्यूट खेलाडी राम वाजीले निर्णायक गोल गरे । अभिशेक रिजालको सट्टामा ८३ औं मिनेटमा मैदान छिरेका वाजीले थपिएको कुल २० मिनेटको पहिलो हाफको ईञ्जुरी समयमा गोल गरेका हुन् ।
यसअघी निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि २० मिनेटको समय थपिएको थियो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थ्रीस्टार दोश्रो हाफ पछि भने केहि रक्षात्मक बनेको थियो । यद्यपि उसले पनि थुप्रै गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन ।
शुरुवाती १५ मिनेट आक्रामक बनेको पुलिस त्यसपछि रणनीतिक रुपमा काउण्टर अट्याकमा उत्रियो । उसले आठौं मिनेटमै गोल गर्ने अवसर गुमायो । सुमन लामाको क्रसमा रवि पासवानले मिलाई दिएको पासलाई अभिषेक रिजालले प्रहार गरेको वल बिपक्षी गोलकिपर एलन न्यौपानेले विफल पारे । २३ औं मिनेटमा अफसाईड भनेर थ्रीस्टारका डिफेन्डरले छाडेको बललाई अभिषेक रिजालले गोलकिपर न्यौपानेलाई छलाएर प्रहार गर्दा वल सेकेण्ड बार हुँदै बाहिरियो ।
३२ औं मिनेटमा अभिषेक रिजालको पासमा निरकुमार राईको प्रहार खेर गयो । ३३ औं मिनेटमा निरकुमार राईको पासमा सुमन लामाको प्रहार क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।
दोश्रो हाफमा थप आक्रामक बनेको पुलिसले ७७ औं मिनेटमा अर्को गोल गर्ने अवसर गुमायो । रविले प्रहार गरेको वल गोलकिपर न्यौपानले मुश्किलले बचाए । थपिएको २० मिनेटको पहिलो हाफको अन्तिम मिनेटमा निरकुमार राईले गरेको कडा प्रहार क्रस बारमा लागेर फर्कियो ।
थ्रीस्टारले पनि केहि राम्रा गोल गर्ने अवसर खेर फाल्यो । सातौं मिनेटमा सुनिल वलको कर्नरमा अनन्त तामाङको हेडर वल बिपक्षी गोलकिपर शत्रुघन चौधरीले पञ्च गरेर फालेपछि डिफेन्डर अजित भण्डारीले क्लियर गरे ।
दोश्रो हाफमा दवाबमा खेलेको थ्रीस्टारका लागि ६४ औं मिनेटमा बुद्ध चेम्जोङको पासमा विवश श्रेष्ठले गरेको प्रहार खेर गयो । ६८ औं मिनेटमा सुनिल वलले सेकेण्ड बार च्यापेर गरेको प्रहार बिपक्षी गोलकिपर चौधरीले पञ्च गरेर बाहिर फाले । ७५ औं मिनेटमा अजेयी मार्टिनले दायाँ साइडबाट बिपक्षी गोलकिपर चौधरीसँग वान भर्सेज वानको अवस्थामा गरेको प्रहार फष्र्ट बार हुँदै बाहिरियो । ७९ औं मिनेटमा थ्रीस्टारले पाएको पि|m-किकमा बिजय धिमालले सिधै गोलपोष्टमा प्रहार गर्दा गोलकिपर चौधरीले पञ्च गरेर क्रस बार माथीबाट बाहिर फाले ।
शनिबारको खेलमा पुलिसका रोसन खड्काले रातो कार्ड पाए । यद्यपि पुलिस १० खेलाडीमा सिमित भने हुनुपरेन । गोलपछि खुशीयाली साट्न मैदान छिरेपछि उनलाई रेफ्री सुदीशकुमार पाण्डेले रातो कार्ड दिएका हुन् । तर, उनी बेञ्चका खेलाडी भएकाले पुलिस १० खेलाडीमा सिमित हुनु नपरेको हो ।
पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले जितको श्रेय खेलाडीमा जाने प्रतिक्रिया दिए । उनले खेललाई खेलाडीले न्याय गरेकै कारण उपाधि जित्न सफल भएको बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रवि पासवान बने । उनले हिरो स्कुटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता पुलिसका सुमन लामा र हृयाटि्रककर्ता थ्रीस्टारका विश्वास श्रेष्ठ बने ।
उत्कृष्ट स्ट्राइकरमा थ्रीस्टारका विश्वास श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल वल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी, उत्कृष्ट गोलकिपरमा पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा भए । त्यस्तै, अनुशासित टिममा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लव धनगढी पुरस्कृत भए । उनीहरुलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस