काठमाडौं – आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा आइतबार हुने नेपाल र यूएईबीचको खेल शुरु भएको छ । अन्तर्गत आफ्नो तेस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमा नै सफलता हात पारेको छ।
सोमपाल कामीले अाफ्नो पहिलो ओभरमा नै युएर्इका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट भएका हुन्। चिसो मैदानका कारण निर्धारित समयमा सुरु हुन नसकेपछि खेल ३४ अोभरमा घटाइएको छ। शनिबार भएको वर्षाको कारण मैदान भिजेपछि खेल समयमै सुरु हुन सकेको थिएन्।
नामिबियामा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक नामिबियाविरुद्ध एक विकेटको झिनो अन्तरले विजयी तथा दोस्रो खेलमा ओमानसँगको ६ विकेटको हार बेहोरेको थियो। यता, यूएईले पनि पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराएको थियो भने क्यानाडासँग दोस्रो खेलमा २३ रनले पराजित भएको थियो।
डिभिजन दुईको शीर्ष दुईमा रहने टोलि अर्को महिना जिब्बावेमा हुने विश्वकप छनोट खेल्न पाउने भएकाले नेपाल र यूएईबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
अंकतालिकामा क्यानाडा सुरुवाती दुई खेल नै जितेर शीर्षस्थानमा छ। नेपालसँग समान २ अंक भएपनि नेट रनरेटका आधारमा यूएई दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस