काठमाडौं – नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ को निर्णायक खेलमा बुधबार (आज) क्यानडाको सामना गर्दै छ । एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनका लागि क्यानडालाई पराजित गर्नैपर्ने दबाबमा नेपाल मैदानमा उत्रँदै छ ।
मंगलबार घरेलु टोली नामिबियाले केन्यालाई ८ विकेटले पराजित गरेपछि नेपाल तेस्रो स्थानमा धकेलियो । नामिबिया नेपालभन्दा राम्रो रनरेटमा रहेकाले नेपाललाई क्यानडाविरुद्ध जितको विकल्प हुनेछैन । बुधबार नामिबियाले युएईको सामना गर्नेछ । युएईको पनि ४ अंक छ । राम्रो रनरेट रहेका कारण युएईले नामिबियालाई हराएको खण्डमा र नेपाल हारेको अवस्थामा समेत नेपाल डिभिजन टुमा नै रहने भएकाले क्यानडालाई हराउनैपर्ने अवस्थामा नेपाल रहेको हो ।
प्रतियोगितामा नेपाल तीन खेलमा जित निकाल्दै अघिल्लो चरणको आशालाई कायमै राख्न सफल भएको छ । बुधबारको निर्णयक दिन अघिसम्म क्यानडा, नामिबिया, नेपाल र युएई चारै टिमको अघिल्लो चरण सम्भावना कायम रहँदा विश्वकप यात्रा तय गर्न बुधबारका खेलहरू निर्णयक हुनेछन् ।
२०१५ पछि पहिलो भेट
नेपाल र क्यानडा अन्य टिमको तुलनामा एक–अर्काविरुद्ध कम परिचित छन् । २०१५ पछि क्यानडा र नेपाल एक–अर्काविरुद्ध भिडेका छैनन् । विश्वकपसम्मको अनुभव बटुलिसकेको क्यानडासँग नेपालले पछिल्लो चार वर्षमा दुईपटक प्रतिस्पर्धा गरेको छ । दुवै टिमले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दा दुवैले एकएक खेलको नतिजा आफ्नो पक्षमा पारेका छन् ।
२०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर, २०१५ मा नामिबियामा नै भएको डिभिजन टु मा नेपालले क्यानडालाई सात विकेटले पराजित गर्दै पछिल्लोपटक आफूलाई क्यानडाभन्दा बलियो सावित गर्न सफल भयो । बुधबार भने दुवै टिमका लागि विश्वकप यात्राको निर्णायक दिनका रूपमा रहनेछ ।
अन्तिम खेलअघि नेपाली टिमका प्रशिक्षक जगत टमाटाले यसअघिको प्रदर्शन उतरचढावपूर्ण भए पनि क्यानडाविरुद्ध जित निकाल्ने बताए । उनले निर्णायक खेल भएकाले टिमले विश्वकप छनोटको अन्तिम खुड्किलोका रूपमा क्यानडाविरुद्धको खेललाई लिएकाले सोहीअनुसार प्रदर्शन गर्ने बताए । उनले भने, ‘हामीले क्यानडालाई हराउनकै लागि मैदानमा उत्रन्छौँ । यस्तोमा बलिङमा कुनै चिन्ता नभए पनि ब्याटिङमा संयमता अपनाउँदै जित निकाल्छौँ ।’ त्यस्तै, कप्तान पारस खड्काले क्यानडा पनि टफ टिम भएको र नेपाललाई जितबाहेक विकल्प नभएकाले खुलेर खेल्ने बताए । उनले भने, ‘जित्नुको विकल्प नभएपछि सोहीअनुसार खुलेर खेल्नुको विकल्प छैन । क्यानडाविरुद्ध निर्णायक भएकाले पनि सबैले शतप्रतिशत इफोर्ट लगाउछौँ ।’
ब्याटिङ चुनौती कायमै
नेपालले सुरुवातबाटै ब्याटिङमा समस्या भोग्दै आएकाले बुधबार पनि नेपालका लागि मुख्य चुनौतीका रूपमा ब्याटिङ नै रहनेछ । विशेष गरेर ओपनिङ साझेदारी राम्रो नहुँदा पछिल्ला क्रमका ब्याट्सम्यानहरू दबाबमा पर्दै आएका छन् । अघिल्ला तीन खेलमा दिलीपनाथ र ज्ञानेन्द्रको ओपनिङ जोडी चल्न नसक्दा अनीललाई चौथो खेलमा मौका दिएको थियो । तर, अनील पनि चल्न नसकेपछि ओपनिङमा नेपालको खराब लय कायम रहेको छ । जुन चुनौती नेपालका लागि क्यानडाविरुद्ध टाउको दुखाइ बन्न सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस