काठमाडौं-संयुक्त अरब इमिरेट्समा हुने ६औा फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने जाने नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्न ७ खेलाडीसहित तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बुधबार नेपाली टोलीलाई नेपाल तेकवान्दो संघका उपाध्यक्षसमेतह रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नन्दु राइले बिदाई गरेका थिए । युएईको फुजराह सहरमा हुने च्याम्पियनसिपमा सिनियर पुरुषतर्फ ७३ केजीमा जयदेव पौडेल, ६३ केजीमा नेपालका दुई खलाडी रिमोन महर्जन र दिपेन्द्रबहादुर नेपाली र ७४ केजीमा विनोद थापा तथा जुनियर महिला ४४ केजीमा जेस्मिन गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
आगामी १६देखि १९ फेब्रुअरीसम्म हुने च्याम्पियनसिपमा सिनियर महिलातर्फ ५३ केजीमा निमा गुरुङ र ७३ केजीमा सुमित्रा खत्रीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछिन् ।
नेपाली टोलीका प्रशिक्षक रोशन खान र प्रकासमान राजभण्डारी रहेका छन् । सहायक प्रशिक्षकमा राजकुमार पाण्डे र टिम व्यवस्थापकमा चक्रबहादुर थापा क्षेत्री रहेका छन् ।
टोलीका एक खेलाडीलाई रिमोनलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा र ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष मनिराज विष्ट लगयातले बिदाई गरे । संघका अध्यक्ष राणाले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि पदक जित्ने विश्वास व्यक्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस