काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६-१ गोल अन्तरले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपे ।
खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल गरेका थिए । तर त्यसको दुई मिनेटपछि नै स्वारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि जिरोनाको पोस्टमा बार्सिलोनाले गोल वर्षा नै गर्यो । पहिलो हाफमै नतिजा ४-१ को अवस्थामा भयो । मेस्सीले ३० र ३६ मिनेटमा दुई गोल गरे भने स्वारेजले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफ सुरु भएपछि ६६ औं मिनेमा कोन्टिन्होले र ७६ औं मिनेटमा स्वारेजले हृयाट्रिक पूरा गरे । त्यसपछि थप गोल हुन सकेन र बार्सिलोना ६-१ ले विजयी भयो ।
यो सिजनको ला लिगामा २२ गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा र २० गोल गरेका स्वारेज दोस्रो नम्बरमा छन् ।
यसैबीच अर्को खेलमा रियल मड्रिडले घरेलु मैदानमा अलाभेजलाई ४-० ले हराएको छ । रियल मडि्रडलाई जिताउन क्रिस्टियानो रोनाल्डोले २ तथा ग्यारेथ बेल र करिम बेन्जिमाले एक-एक गोल गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस