लण्डन – एन्टानियो ग्रीजमानको ह्याट्रिकको मद्दतले सेभियालाई पराजित गर्दै एथ्लेटिको म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी सात अंकमा झारेको छ ।
एथ्लेटिकोले खेलको २९ औँ मिनेटमा डिएगो कोस्टाको गोलको मद्दतले अग्रता लिएको थियो भने पहिलो हाफ सकिन लाग्दा ग्रीजमानले अग्रता दोब्बर बनाए ।
चेल्सीबाट फर्के यता स्पेनका फरवार्डले पाँच गोल गरिसकेका छन् । दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै ग्रीजमानले एथ्लेटिकोको अग्रता फराकिलो बनाए ।
खेलको ६५ औँ मिनेटमा कोकेले एथ्लेटिकोका लागि चौँथो गोल गरे भने ८१ औँ मिनेटमा ग्रीजमानले आफ्नो ह्याट्रिक पूरा गरे । खेलको अन्त्यतिर ५ मिनेटको अन्तरालमा पाबलो साराबिया र नोलिटोले गोल गरे पनि सेभियाका लागि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो ।
आगामी आइतबार बार्सिलोनाले एथ्लेटिकोको आतिथ्य गर्नेछ । यसअघि भ्यालेन्सियाले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै चौँथो स्थानमा कायम रहेको छ ।
भिल्लेरियालले भने गेटाफेलाई १–० ले हराउँदै सेभियालाई उछिनेर लिगको पाँचौ स्थानमा कायम रहेको छ । अन्य खेलमा एथ्लेटिक बिल्बाओले मालामामाथि २–१ को जीत हासिल गर्यो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस