काठमाडौँ : सोलुखुम्बु फ्रेण्डशिप युथ क्लब द्वारा समाजसेवी कुङ्गा शेर्पा सम्मानित भएका छन् । उनलाई सोलुखुम्बु जिल्ला सल्लेरी बजारमा रहेको फ्रेण्डशिप युथ क्लब द्वारा सम्मान गरेको हो । उनि बिगत लामो समय देखि उक्त क्लबको मानार्थ सदश्य रहेका थिए ।
सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा न.२ बेनी टाक्टोर जन्मथलो भएर बिगत दुइ दशक देखि अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी कुङ्गा शेर्पाले देश विदेशमा रहेका विभिन्न संघ सस्थालाई सहयोग गर्दै आएका छन् ।
बिगत लामो समय देखि सोलुखुम्बु जिल्ला सल्लेरी बजारमा रहेको फ्रेण्डशिप युथ क्लबलाइ आर्थिक तथा भौतिक सहयोग गर्दै आएकोले उनको उक्त सहयोगको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो ।
नेपालकै जिल्ला स्तरीय सर्वाधिक धनराशि भएको पुरुष भलिबल प्रतियोगिताको उद्धाटन समारोहको प्रमुख अतिथि १ नं प्रदेशका आर्थीक मामिला योजना मन्त्रालयको मन्त्री माननीय ईन्द्र बहादुर आङ्ग्बो र समापन समारोहका प्रमुख अतिथि प्रदेश नं १ का नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले शेर्पालाइ सम्मान पत्र मार्फत सम्मान गरिएको थियो । शेर्पा हाल अमेरिका भएको कारणले गर्दा उक्त सम्मान जिल्ला खेलकुद बिकाश समिति सोलुखुम्बुका अधक्ष्य डि. बी. रानापाललाइ समारोहमा हस्तान्तरण गरिएको थियो । उक्त कार्याक्रम क्लबका अधक्ष्य महेश किरातीको सभापतित्वमा सम्पन्न भएको थियो ।
बिगत लामो समय देखि अमेरिका तथा कोरियामा व्यापार ब्यबसाय गर्दै आएका कुङगा टाक्तोक (शेर्पा) एक ब्यबसायी मात्र नभएर राजनीतिकर्मी र समाजसेवी पनि हुन ।
गैर आवसीय नेपाली संघ अमेरिकाको एनसिसि सदश्य तथा पूर्व गैर आवसीय नेपाली संघ अमेरिकाको विजनेस टाक्सफोर्सका डाईरेक्टर कुङगा टाक्तोक (शेर्पा) अन्य धेरै संघ सस्थाहरुमा आबद्ध भइ बिगत लामो समय देखि नेपाली समाज र नेपाललाइ सेवा गर्दै आएका छन् ।
उनि नेपाल चेम्बर अफ कमर्स यु.एस.ए. का कोषाध्यक्ष, हिमालय कल्चर सेन्टर नेपालका ट्रष्टी मेम्बर, शेर्पा संचार समूह नेपालका सल्लाहकार, शेर्पा समाज साउथ कोरियाका सल्लाहाकार, शेर्पा सेवा केन्द्र नेपालका आजिबन सदस्य, पर्मानेन्ट फोरम अन इन्डीजिनियस इस्यु युनाइटेड नेसन न्युयोर्कको सदस्य, सिएमएफइ कम्बोडियाको सदस्य, भोलिन्टियर अफ इन्टरनेसनल सेन्टर यु एस ए, पुर्ब सस्थापक अधक्ष्य घर सित मुटु एन जी ओ र बर्तमान सल्लाहकार, प्रेसिडेन्ट अफ म्यानह्याटन एसोसोरिज ग्रुप ईन्क, चियरम्यान अफ आइ नेपाल ग्रुप, नेपाल बुद्दिष्ट परिवार साउथ कोरियाको पुर्ब सस्थापक सदस्य साथै अमेरिकामा पहिले पल्ट साप्ताहिक पत्रिका निकाल्ने व्यक्ति समेत हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस