काठमाडाैं-आइसिसी एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार मानिएकाे अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार राति सकिएको खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित हात पारेको हाे । यस अघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो ।
अस्ट्रेलियाले दिएको २८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओेभरमा ९ विकेटको क्षतिमा २ सय ७३ रनमा मात्रै जोड्न सफल भयाे ।
ट्रेन्ट बिज्रमा वेष्ट इन्डिजका लागि साइ होप र कप्तान होल्डरले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । कप्तान होल्डरले ५१ रन जोडे भने १ सय पाँच बल खेलेका होपले ७ चौकाको मदतमा ६८ रन जाेडेका थिए ।
त्यस्तै निकोलास पुरानले ४० रन, ओपनर क्रिस २१ रन, इभिन लेभिसले १ रन, आन्द्रे रसेल १५ रन र कार्लोस वाथवेट १६ रनमै आउट हुँदा वेस्ट इन्डिज जित नजिक पुगेर पनि पराजित भयो।
अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट, प्याट कुमिन्सले २ विकेट लिए भने र एडम जम्माले १ विकेट लिए ।
यसअघि टस जितेको वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २८८ रनमा जाेडेकाे थियाे ।
अष्ट्रेलियाका लागि नेथन कुल्टर नाइलको उत्कृष्ट प्रदर्शनमा गरेकाे थियाे । नेथनले ६० बलमा ८ चौका र ४ छक्काको मद्दतमा ९२ रन बनाएका थिए ।
१ सय ३ बल खेलका स्मिथले ७ चौका मदतमा ७३ रनको योगदान दिए । ५५ बल खेलेका एलेक्स केरीले सात चौकाको मद्दतमा ४५ रन बनाएका थिए ।
मार्कुस स्टोनिस १९ रन, उसमान ख्वाजा १३ रन, मिचेल स्टार्कले ८ रन,प्याट कुमिन्स २ रन, ओपनर डेबिड वार्नर ३ रन जाेडे भने ग्लेन म्याक्सवेल खाता नै खाेल्न सकेनन् ।
वेष्ट इन्डिजका लागि कार्लोस ब्राथवेटले ३ विकेट लिदाँ आन्द्रे रसेल, आरोन थोमस र शेल्डन कोट्रेलले २–२ तथा होल्डरको नाममा १ विकेट रह्यो । अष्ट्रेलियाले अब तेस्रो खेल भारतसँग खेल्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस