काठमाडौं-कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलेलाई पराजित गरेको छ। शनिवार राति भएको खेलमा अर्जेन्टिना २–१ ले विजयी भयो।
सुरुदेखि नै तनावपूर्ण खेलमा दुवै टिम पहिलो हाफमै १० खेलाडीमा सीमित भए। अति तनावपूर्ण देखिएको खेलमा मेस्सीले ३७ औँ मिनेटमा सीधै रातो कार्ड पाए । यस्तै चिलेका ग्यारी मेडेलले पनि सोही घटनामा सीधै रातो कार्ड पाए।
मेस्सीले चिलेका मेडेललाई कुहिनाले धक्का दिएपछि तनावको अवस्था सिजर्ना भयो । मेस्सी र मेडेल दुवैले बलका लागि प्रतिस्पर्धा गरिरहेका थिए, सोही क्रममा मेस्सीले मेडेललाई कुहिनाले धक्का दिएका हुन्। मेडेलले त्यसको जवाफ आक्रोशित रुपमा दिए। उनले आफ्नो अनुहार मेस्सीको अनुहारमा जुधाए।
अर्जेन्टिनाका लागि १२ औँ मिनेटमा सर्जियो अग्युरो र २२ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेका हुन् । चिलेका लागि अटुरो भिडालले ५९ औँ मिनेटमा पाएको पेनाल्टीमा एक गोल फर्काए ।
मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड हो। उनले १४ वर्षअघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेका बेला रातो कार्ड पाएका थिए।
कोपा अमेरिका फुटबलको फाइनलमा सोमबार बिहान आयोजक ब्राजिलले पेरुको सामना गर्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस