पाँचथर-पाँचथरको सदरमुकाम फिदिममा असार २५ देखी २७ गते सम्म सञ्चालन हुने प्रदेश स्तरीय प्रथम मोएथाई प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
आइतबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मोएथाई एशोसिएसन अफ पाँचथरले प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको जानकारि गराएको हो ।
प्रतियोगिता सञ्चालन गर्न आवश्यक सामग्रिहरुको सम्पूर्ण व्यवस्थापन गरी सकेको जनाइएको छ ।
मोएथाई नेपालमा नयाँ खेल भएको वताइएको छ । फिदिममा हुने प्रतियोगितामा प्रदेश-१ भित्रका एक सय जना खेलाडिको सहभागिता रहने आयोजक सँस्थाका प्रमुख प्रशिक्षक रमा राईले वताइन् । खेलमा पाँचथरबाट मात्रै ५० जना खेलाडिको सहभागिता हुने उनको भनाई छ ।
शारिरिक सुगठनसंग सम्बन्धीत यो प्रतियोगिता आयोजनाका लागि करिव २० लाख रुपैँया लागत अनुमान गरिएको एशोसिएसनका अध्यक्ष बिक्रम राइले वताए जस अनुसार प्रदेस नं. १ सरकारले १० लाख सहयोग गर्ने र अन्य सहयोग जुटाउने क्रममा रहेको अध्यक्ष राईले वताए । मार्शल आर्ट खेलको प्रवद्र्धन गर्ने उदेश्यले मोएथाई प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईको भनाई रहेको छ ।
प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम तय भएकोपनि पत्रकार सम्मेलनमा जानकारि गराइएको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा फिदिम वजारका विभिन्न चोकहरुमा वृक्षारोपन, नगर सरसफाई, र फिदिम–४ गढिमा रहेको सुम्हालुङ मन्दिरमा १ सय ७ दिप प्रजलन गरिने आयोजक सँस्थाका सजिव योङयाले वताए । यस्तै प्रतियोगिताको अवसरमा नेपाल आइडल सिजन–१ का टप–७ प्रमिला राईलाई मोएथाई युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिने साथै पाँचथरमा रहेर खेल क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मानसमेत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अवसरमा असार २७ गते नेपाल आइडल सिजन–१ का टप–७ प्रमिला राई, पुर्वको आवाज विजेता आशिष राई लगायतका कलाकारको वेजोड साँगितिक प्रस्तुतीसमेत रहने वताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस