एजेन्सी । भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको हो । म्यान्चेस्टरमा ४९ ओभर ३ बल खेलेको भारतले पूरै विकेट गुमाउँदै २२१ मात्र रन बनायो । भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका रवीन्द्रले ४ चौका र ४ छक्काको सहयोगमा ७७ रनको योगदान गरे । ७२ बल खेलेका धोनीले १ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।
त्यस्तै भारतका रिशब पन्त र हार्दिक पाण्ड्याले समान ३२–३२ रन जोडे । भारतका ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान बिराट कोहली १ रनमा पवेलियन फर्किएका थिए ।
बलिङतर्फ न्युजिल्यन्डका लागि म्याट हेनरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै न्युजिल्यान्डका मिचेल स्यान्टनर र ट्रेन बोल्टले समान दुई–दुई विकेट लिए । न्युजिल्यान्डका लागि ल्युक फर्गुसन र जिम्मी निशमले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएपछि भारतले फाइनल पुग्न २ सय ४० रनको लक्ष्य पाएको थियो ।
४६ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा न्युजिल्याण्डले २ सय ११ रन बनाउँदा मंगलबार वर्षा भएपछि खेल बुधबारका लागि सारिएको थियो । म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा त्यहिँबाट सुरु भएको खेलमा न्युजिल्यान्डका लागि रोस टेयलरले ७४ रन बनाए । ९० बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरेका रोस रनआउट भएका थिए ।
१० रन बनाएका टोम लाथम भुवनेश्वर कुमारको बलमा रवीन्द्र जडेजामार्फत क्याच भए । म्याट हेनरीले १ रनमात्र जोड्न सके । उनी पनि भुवनेश्वरको बलमा कप्तान कोहलीमार्फत क्याच भए । मिचेल स्यान्टनरले ९ र टेन्ट बोल्टले ३ रन बनाए ।
यसअघि मंगलबार कप्तान केन विलियम्सनले अर्धशतक बनाएका थिए । ९५ बल सामना गरेका विलियम्सनले ६ चौकाको मद्धतमा ६७ रन बनाएका थिए । ओपनर मार्टिन गुप्टिल १ रनमा जसप्रित बुम्रराहको बलमा कप्तान बिराट कोहलीमार्फत क्याच भएपछि दबाबमा आएको न्युजिल्याण्डको इनिङस कप्तान विलियम्सनले केही उकासेका थिए ।
हेनरी निकोलस २८ रनमा पवेलियन फर्किँदा जेम्स निसम १२ रनमा आउट भए । ५१ बल खेलेका निकोलस २ चौका प्रहार गर्दै रवीन्द्र जडेजाबाट बोल्ड भए । निसम हार्दिक पाण्डेयको बलमा दिनेश कात्तिकमार्फत क्याच भए । कोलिन डिले १६ रनको योगदान दिए । १० बल खेल्र्दै २ चौका प्रहार गरेका कोलिन भुवनेश्वर कुमारको बलमा महेन्द्रसिँह धोनीबाट क्याच भए ।
भारतका भुवनेश्वर कुमारले सर्वाधिक तीन विकेट लिए । हार्दिक पाण्डेय, जसप्रित बुम्रराह,युजवेन्द्र चहाल र रबिन्द्र जडेजाले एक–एक विकेट लिए । न्युजिल्यान्डले अब फाइनलमा अष्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस