काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारी सुस्त भएको बताएको छ ।
दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला आउन झण्डै चार महिना मात्र बाँकी रहेको अवस्थामा एनओसीले प्रतियोगिताको तयारीको गति सुस्त देखिएको बताएको हो ।
एनओसी अध्यक्ष जिवनराम श्रेष्ठले सागको तयारीको गति सुस्त भएको भन्दै अब देशको खेलकुदको केन्द्र बिन्दुनै साग हुनुपर्ने बताएका छन् ।
‘हाम्रो पाटोबाट जुन गतिमा तयारीमा जुट्नुपर्ने हो । त्यो भईसकेको छैन । तयारीको गति सुस्तानै छ ।’ उनले भने ।
सागको उद्घाटन र समापनको स्थल मानिएको काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला निर्माणाधिन अवस्थामा छ ।
राखेपले बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता विभिन्न खेलका खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा राखेको छ । तर बजेट अभावको कारण देखाउँदै विभिन्न खेलमा पदकको सम्भावना बोकेका (दोस्रो अनि तेस्रो) खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराईएको छैन ।
सरकारले सागका लागि गठन गर्नुपर्ने तयारी समितिले पुर्णता पाएका छैनन् । प्रतियोगिताका लागि तयार पारिएको कार्यविधि पारित नहुदाँ गठन गरिएका समितिले काम अघि बढाउन सकेको छैनन् । युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको कार्यविधि मन्त्रीपरिषदको विधेयक समितिमा छलफलका लागि भन्दै अड्किएर बसेको छ ।
एनओसी अध्यक्ष श्रेष्ठले नयाँ सदस्य सचिवको नियुक्तीपछि काम गर्ने वातावरण तयार भएको बताउँर्दै सागका लागि गठन गरिएका समितिले योजना बनाउने र कार्यान्वयन गर्ने काममा अघि बढ्न आवश्यक रहेको बताए ।
‘नयाँ सदस्य सचिवको नियुक्तीपछि सम्बन्धित निकायमा काम गर्ने वातावरण तयार भएको छ । अबको सिङ्गो खेलकुदको केन्द्रविन्दु सागनै हुनुपर्ने आवश्यक छ ।’ उनले भने, ‘सबै समिति व्यवस्थित बनाउने, कार्य सुचारु गर्ने कामहरु द्रुत गतिमा अघि बढ्न अवश्यक छ ।’
खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वको सागको तयारी तथा व्यवस्थापन समितिको बैशाखको अन्तिम साता बसेको बैठकले जेठको पहिलो साताभित्र सबै खेलको बन्द प्रशिक्षण सुरु गर्ने र बजेट निर्धारण लगायतका काम अघि बढाउने निर्णय गरेको थियो ।
तर बजेट अभावको कारण देखाउँदै जेठको तेस्रो साताबाट मात्र खेलाडीलाई प्रशिक्षणमा राख्न सुरु गरिएको हो ।
प्रतियोगिता आयोजनाका लागि आवश्यक पर्ने बजेट समेत युवा तथा खेलकुद मन्त्रालयले निर्धारण गर्न सकेको छैन ।
राखेपले साग आयोजनामा प्रारम्भिक रुपमा साढे ३ अर्व रुपैयाँ लाग्ने प्रस्ताव गरिएको थियो । तर राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना नेतृत्वमा गठन गरिएको बजेट कार्यदलले झण्डै ६ अर्वको बजेटको खाका मन्त्रालयमा पेश गरेका थियो ।
कार्यदलले प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने बजेटको मात्रा झण्डै दोब्बरले बढाएर पेश गरेपछि खेलकुद मन्त्रालयले थप प्रक्रिया अघि बढाउन सकेको छैन ।
सागको तयारी समितिको निर्णय अनुसार एनओसीले प्रतियोगितामा सहभागीता जनाउने सदस्य राष्ट्रलाई निमन्त्रणा पठाईसकेको छ ।
‘निमन्त्रणा पत्र सबैमा पुगिसकेको छ । माल्दिभ्सबाट जवाफ आएको छैन । अरु सबै देशले पत्र पाएको जानकारी गराएका छन् ।’ अध्यक्ष श्रेष्ठले भने, ‘पत्रमार्फत सरकारको प्रतिबद्वता गएको छ । बंगलादेशले त आवश्यक बजेटको तयारी गरेर खेलाडीलाई ट्रेनिङमा समेत राखिसकेको छ ।’
गत मार्चको पहिलो साता थाईल्याण्डको राजधानी बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बर १ देखि १० गते सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।
नेपालमा आयोजना गर्ने भनिएको सागको मिति तेस्रो पटक सारिएको हो ।
सन् २०१६ को फेबु्रअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको सागमा नेपालले १३ औ साग आयोजनाको झण्डा लिएर आएको थियो । तर नेपालले भौतिक पुर्वाधार निर्माणको कारण देखाउदै सन् २०१८ मा प्रतियोगिता आयोजना गर्न सकेन ।
लगत्तै काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सन् २०१९ को मार्चमा प्रतियोगिता आयोजनाको नयाँ मिति घोषणा गरेको थियो ।
तर सरकारको ढिला सुस्तीले दोस्रो पटक निर्धारण गरिएको मितिमा समेत सरकारले प्रतियोगिता आयोजना गर्न सकेन ।
तेस्रो पटकका लागि सारिएको प्रतियोगिताको मिति आउन झण्डै चार महिनामात्र बाँकी रहेको अवस्थामा सरकारले तयारीलाई अघि बढाउन सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस