एजेन्सी-राेमाञ्चक फाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्डले पहिलोपटक क्रिकेट विश्वकपको उपाधि जितेको छ।
यसअघि ३ पटक फाइनल खेले पनि उपाधि जित्न नसकेको इंग्ल्यान्डले घरेलु मैदानमा आइतबार राति न्युजिल्यान्डलाई सुपर ओभरमा बराबर हुँदा बढी बाउन्ड्री प्रहार गरेको आधारमा जित निकाल्दै उपाधिमाथि कब्जा जमायो।
हारसँगै न्युजिल्यान्ड भने लगातार दोस्रो पटक उपविजेतामा नै सीमीत बन्यो। यसअघि २०१५ मा भएको विश्वकपमा पनि न्युजिल्यान्ड फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
निर्धारित ५० ओभरमा न्युजिल्यान्डले बनाएको २ सय ४१ रन पछ्याएको इंग्ल्याण्डले पनि त्यति नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा १६ रनको लक्ष्य पाएको न्युजिल्यान्ड १५ रनमै समेटियो।
अन्तिम बलमा २ रन आवश्यक भए पनि मार्टिन गुप्टिल दोहोरो रन लिनेबेला रनआउट हुँदा न्युजिल्यान्ड १५ रनमै रोकिएको थियो।
सुपर ओभरमा पनि दुबै टोलीले समान १५-१५ रन बनाएपछि नियमानुसार खेलको नतिजा बाउन्ड्रीबाट लिइएको हो।
इंग्ल्यान्डले फाइनलमा २४ र न्युजिल्यान्डले १६ बाउन्ड्रीमात्रै हिर्काएकाले इंग्ल्यान्ड विश्व च्याम्पियन बन्यो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस