काठमाडौं-घरेलु मैदानमा आयोजना हुन १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला फुटबल टोलीको प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने भएको छ । वर्षाको समय र अभ्यासका लागि मैदान नपाएपछि महिला टोलीको प्रशिक्षण ढिलोगरी सुरु हुन लागेको हो ।
चैतमा म्यानमारमा भएको ओलम्पीक छनोटको दोस्रो चरणपछि महिला टोलीले कुनै पनि अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन । यद्यपि खेलाडीले आफू आबद्ध क्लब र प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए ।
उनले भने, “तयारीका लागि ढिलो भइसकेको छ । मैदान पनि पाइएन । आइतबारबाट तयारी सुरु गर्छौं,” उनले भने । उनका अनुसार महिला टोलीको प्रशिक्षण बेलुकाको समयमा एन्फा कम्प्लेक्समा हुनेछ । सागअघि महिला टोलीले सेप्टेम्बरमा अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रशिक्षक खड्काले बताए । “मैत्रीपूर्ण खेलको व्यवस्था गर्न एन्फा सकारात्मक छ । किर्गिस्तान र ताजकिस्तानमध्ये एक टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछौं,” प्रशिक्षक खड्काले भने ।
महिला टोलीले पछिल्लो समय राम्रो नतिजा ल्याइरहेको छ । गत चैतमा सकिएको पाँचौं महिला साफ च्याम्पीयनसिपमा उपविजेता बनेको टोलीले भारतमा सम्पन्न हिरो वुमेन्स गोल्डकपमा भारतमाथि ऐतिहासिक जित निकालेको थियो । यस्तै ओलम्पीक छनोटको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस