एजेन्सी-अर्जेन्टिनाको खेलकुद अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सका सदस्य गुस्टाभो अब्रेउले कोपा अमेरिका दौरान दिएको विवादास्पद अभिव्यक्तिबारे लियोनल मेस्सीले माफी माग्नु पर्ने बताएका छन् ।
ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानको खेलपछि अर्जेन्टिनाका कप्तान मेस्सीले कोपाको उपाधि ब्राजिललाई जिताउन भ्रस्टाचार भएको बताएका थिए । यस्तै उनले रेफ्रीहरु ब्राजिललाई जिताउन लागि परेको र कोपा अमेरिकामा भ्रस्टाचार भएको बताएका थिए ।
मेस्सीको उक्त भनाईप्रति कोपा अमेरिकाले छानबिन गर्ने समेत जनाईसकेको छ । यस्तै मेस्सीलाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको छ ।
कोपा अमेरिकाले मेस्सीलाई कारबाही गर्ने तयारी गरिरहेको बेला कोर्ट अफ आर्बिटेसनका गुस्टाभोले लामो समयको प्रतिबन्धबाट बच्न मेस्सीले माफी माग्नु पर्ने बताएका छन् ।
‘म मेस्सीलाई माफी माग्न सुझाब दिन चाहन्छु । किनभने उनीहरु मेस्सीलाई प्रतिबन्ध लगाउने तयारीमा छन्,’ गुस्टाभोले एक रेडियोसँग भने, मेस्सीले माफी मागेमा उनलाई प्रतिबन्ध नलगाउन सक्छ ।’
चिलीविरुद्ध २–१ गोल अन्तरले जित निकालेपछि मेस्सीले दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । यस्तै मेस्सीले तेस्रो स्थानको पदक लिन समेत अस्वीकार गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस