काठमाडौं – पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल सेटलाईट टेलिकमले प्रायोजन गरेको छ ।
काठमाडौंमा साउन अन्तिम साताबाट आयोजना हुने प्रतियोगिताको लागि नेपाल सेटलाईटले प्रायोजन गरेको हो । आयोजक नेपाल भलिबल संघले शनिबार नेपाल सेटलाईट टेलिकम प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र नेपाल सेटलाईट टेलिकम प्रालिका अध्यक्ष सम्झना अर्यालले हस्ताक्षर गरे ।
सम्झौतासँगै नेपाल सेटलाईटले प्रतियोगिताको लागि २० लाख नगद उपलब्ध गराउने छ । नेपाल सेटलाईटले शनिबार नै संघलाई २० लाखको चेक हस्तान्तरण गरेको छ ।
यस प्रतियोगिताका लागि संघले यसअघि नेपाल उद्योग वाणिज्य महासंघसँग पनि प्रायोजन सम्झौता गरिसकेको छ । महासंघले प्रतियोगिताका लागि ४० लाख नगद उपलब्ध गराउने छ ।
प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुनेछ ।
एसियन भलिबल संघको संयोजनमा आयोजना हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको लागि नेपालले तयारी सुरु गरिसकेको छ । नेपालले दोस्रो चरणमा १८ सदस्सीय नेपाली टोलीलाई प्रशिक्षण गराइरहेको छ ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान एबिङले प्रशिक्षण दिईरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस