काठमाडौं- आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको मलेसियाविरुद्वको खेलमा नेपाली टिमका कप्तान पारस खड्का नखेल्ने भएका छन्। सिंगापुरमा जारी प्रतियोगिताको दोस्रो खेलमा कप्तान पारस मैदान भएका हुन् ।
उनलाई कतारविरुद्वको खेलमा चोट लागेको थियो। सोही कारण उनी दोस्रो खेलमा नखेल्ने भएका हुन्।
नेपालले निकै महत्वपुर्ण खेलमा मलेसियाविरुद्व प्रतिस्पर्धा गर्दैछ । अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न मलेसियाविरुद्वको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा खेल सुरु हुनु अघि नै पानी परेको छ। जसले गर्दा खेल प्रभावित भएको छ। केही ढिलो गरी खेल सुरु हुने तयारी छ।
पानीले खेल हुन नसके त्यसको प्रत्यक्ष असर नेपाली टिमलाई पर्नेछ । तालिकाको पुछारमा रहेको नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना न्यून छ ।
नेपाल र मलेसियाले प्रतियोगितामा एक-एक खेल खेलेका छन् । मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । नेपाल भने कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो ।
हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ५ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस