काठमाडौं – अस्ट्रेलिया महिला क्रिकेट टिमकी २८ वर्षीय एलिस पेरीले टी २० क्रिकेटमा नयाँ इतिहास कायम गरेकी छिन् ।
एलिस पेरिले टी २० क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगितामा १ हजार रन पुरा गर्ने र १ सय विकेट पनि लिने किर्तिमान राख्न सफल भएकी हुन् । यो रेकर्ड बनाउने पेरी विश्वको पहिलो क्रिकेटर बनिन् । यसअघि पुरुष खेलाडीले पनि यो रेकर्ड बनाएका छैनन् ।
इंगल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलिया महिला क्रिकेट टिममा रहेकी पेरीले इंग्ल्याण्डविरुद्ध भएको दोस्रो टी २० मा ४७ रन जोड्दै उनले १ हजार रन पनि पुरा गरिन् । पेरीले गत नोभेम्बरमा भएको वल्र्ड टी २० को फाइनलमा इंग्ल्याण्डकी नेट सीवरलाई आउट गर्दै १०० विकेटको आँकडा पुरा गरेकी थिइन् । अहिलेसम्म पेरीले १०४ टी २० खेल्दै १ हजार ५ रन बनाउनुका साथै १०३ विकेट पनि लिएकी छिन्।
उनको यो रेकर्ड तोड्नेमा पुरुषतर्फ बंगलादेशका अलराउण्डर शकिब अल हसन अगाडी रहेका छन् ।
शकिब ले यो रेकर्ड बनाउन सक्ने धेरैले अनुमान गरेका छन् । शकिब अहिले उत्कृष्ट फर्ममा रहेकाले रेकर्ड बनाउन सक्छन । शकिबले ७२ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ब्याटिंगमा १ हजार ४ सय ७१ रन जोडेका छन् भने बलिङ्गमा ८८ विकेट लिइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस