काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले ग्लोबल टी–२० मा दोस्रो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा टोरन्टो विनिपेग होक्ससंग ३ विकेटले पराजित भएको हो ।
विनिपेग नेपाली फास्ट बलर सोमपाल कामी सम्मिलित टिम हो । सोमपाल पहिलो विदेशी फ्रेन्चाईज लिग खेल्न क्यानडामा छन् ।
तर सोमबारको खेलमा दुवै खेलाडीले मौका भने पाएनन् । दुवै खेलाडी बेन्चमा रहेर खेल हेरेका थिए ।
विश्वकप छनोटको एसिया फाईनल खेलेर दुवै खेलाडी क्यानडा पुगेका थिए ।
टोरन्टोले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य विनिपेगले ७ विकेट गुमाएर पुरा गर्यो । क्रिस लेनको विस्फोटक ८९ रनको मदतमा विनिपेगले जित हासिल गरेको हो । उनले ४८ बलमा २ चौका र १० छक्काको मदतले सो रन बनाएका थिए ।
सन्नी सोयलले समेत ५८ रनको अर्धसतकिय ईनिङ्स खेले । साईमन अनवारले ४३ रनको योगदान दिए । अन्य खेलाडीले दोहरो अंकको स्कोर भने छुन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । रोड्रिगो थोमसले ६५ र किरण पोलार्डले ५२ रनको सहयोगमा टोरन्टोले समेत ठुलो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो ।
कप्तान युवराज सिहले समेत ४५ रनको योगदान गरेका थिए ।
हारपछि सन्दीपको टोरन्टो ३ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । विनिपेग ४ अंक सहित दोस्रो स्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस