काठमाडौं । अलिख नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमका ट्रेनर विवेक बिक्रान्त अधिकारीलाई कारबाही गरेको छ ।
खेलाडीसंगको विवादको छानविन गर्न गठित समितिको प्रतिवेदनको आधारमा विवेकलाई राष्ट्रिय टिममा प्रदान गरिएको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
यस्तै घटनामा संलग्न गोलकिपर किरण चेम्जोङ सहितका खेलाडीलाई सचेत गराउने निर्णय भएको छ ।
अभ्यासको बिषयलाई लिएर ट्रेनर विवेक र खेलाडीबीच विवाद भएको थियो । सो क्रममा विवेक र गोलकिपर किरणबीच हातपातको अवस्था सिर्जना भएको थियो । सो क्रममा विवेकले तातो चिया किरणको मुखमा खनाएका थिए ।
घटनापछि किरण सहितका राष्ट्रिय टिमका खेलाडीले एन्फामा निवेदन दिदै विवेकलाई कारबाही गर्न माग गरेको थिए । सोही अनुसार एन्फाले विवेकलाई तत्काल फुटबल टिमको जिम्मेवारीमा नरहने गरि बाहिर राखेको थियो ।
र घटनाको बिषयमा छानविन गर्न कार्यसमिति सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
समितिले विवेकलाई राष्ट्रिय टिमबाट तत्काल बाहिर राख्न र उनलाई निरन्तरता दिएको अवस्थामा दुर्घटना हुन सक्ने खतरा औल्याउँदै प्रतिवेदन पेश गरेको थियो ।
छानविन समितिको प्रतिवेदनका आधारमा विवेकलाई कारबाही गर्दै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय एन्फाले गरेको हो । त्यस्तै खेलाडीमा समेत अनुसासनको समस्या देखिएको बताउँदै सचेत गराउने निर्णय भएको एन्फा प्रवक्ता किरण राईले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस