काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अघि खेलकुद संघको निर्वाचन गर्न रोक लगाउने भएको छ । राखेपले सागमा सहभागी हुने २७ वटा खेलका संघलाई प्रतियोगिता अघि निर्वाचन गराउन रोक लगाउने भएको हो ।
‘सागमा सहभागी हुने खेलका संघले सर्वसम्मत नेतृत्व चयन गर्ने बिषयमा प्रतिबद्वता जनाए निर्वाचनको मिति दिन्छु । होईन भने निर्वाचनलाई साग पछाडी लैजान सबैलाई अनुरोध गरेको छु ।’ राखेप सदस्य सचिव रमेश सिलवालले भने ।
सोही अनुसार राखेपले नेपाल भारत्तोलन संघलाई निर्वाचनको मिति उपलब्ध गराएन । संघले आफ्नो चार बर्षे कार्यकाल साउन १५ गते सकिने भन्दै नयाँ नेतृत्वको निर्वाचन गराउन राखेपसंग मिति माग गरेको थियो ।
तर राखेप सदस्य सचिव सिलवालले सर्वसम्मत नहुने अवस्थामा सागपछि मात्र निर्वाचन गराउन आग्रह गर्दै तत्काल सागको तयारीमा जुट्न संघका पदाधिकारीलाई निर्देशन दिएका थिए ।
‘साग नजिकै छ । त्यसैको तयारीमा जुट्नु अहिलेको आवश्यकता छ । सोही कारण संघको निर्वाचनलाई पछाडी सार्न हामी समेत सहमत भएका छौ ।’ संघका महासचिव पार्थशारथी सेन गुप्ताले भने ।
राखेपले भारत्तोलन संघको नयाँ निर्वाचन गर्न डिसेम्बरको अन्तिम साता मिति दिएको छ ।
संघको निर्वाचनले सागको नतिजा प्रभावित पार्ने भएकाले निर्वाचनको मिति दिन रोक लगाईएको सदस्य सचिव सिलवाल बताउँछन् ।
‘निर्वाचन नहुदाँ पक्ष विपक्षमा बाँडिने निश्चित हुन्छ । खेलाडी र प्रशिक्षक समेत पक्ष र विपक्षमा स्वत बाँडिन्छन् । त्यसको असर खेलमा पर्छ । सागको नतिजामा पर्छ ।’ सिलवालले भने, ‘सागको नतिजा प्रभावित हुने गरि निर्वाचनको मिति दिन सक्दिन ।’
राखेपले सागमा सहभागी हुने २७ खेलका संघबाहेक अन्य संघहरुले आवश्यकताका आधारमा निर्वाचन गर्न सकिने जनाएको छ । सागमा सहभागी हुने २७ खेललाई मात्र डिसेम्बर १० अगाडी निर्वाचनको मिति दिन राखेपले रोक लगाएको हो ।
‘सर्वसम्मत नेतृत्व चयन गर्ने ग्यारेन्टी संघका सबै पदाधिकारीले ब्यक्त गर्छन् भने मिति दिन कुनै समस्या छैन । तर निर्वाचनमा जाने परिस्थिती बन्छ भने साग अघि मिति उपलब्ध हुदैन ।’ सदस्य सचिव सिलवाल बताउँछन् ।
सदस्य सचिव सिलवालले अन्तराष्ट्रिय खेलकुदका प्रतियोगितामा देखिने राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको विवाद सागमा नदेखिने प्रष्ट पारेका छन् ।
‘मेरो कुनै राजनीतिक उद्वेश्य छैन । निर्वाचनले गर्दा सागको नतिजामा असर देखिने भएर हो ।’ उनले भने, ‘राष्ट्रिय र अन्तराष्ट्रियको नाममा यसअघि जसरी नाटक मञ्चन भए, त्यो काम अब हुनुहुदैन ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस