काठमाण्डौ – जर्मनीको एलियान्ज एरिनामा सम्पन्न भएको औडी कप फुटबल प्रतियोगिताको रोमान्चक फाइनलमा खेलमा ईङलिस क्लब टोटनह्यामले जर्मन क्लब वार्यन म्युनिखलाई सडेन डेथमा ८ – ७ हराउदै टटनह्यामले उपाधि जितेको हो ।
खेलको १९ औ मिनेटमा टोटनह्यामका लागि एन कौउदाउले दिएको लो क्रसमा ईरिक लामेलाको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा टोटनह्यामले १ – ० को अग्रता बनाएको थियो । दोस्रो हाफको ५९ औ मिनेटमा क्रिष्टियन ईरिक्सनले अर्को गोल गर्दै खेलमा २ – ० को अग्रता बनाएका थिए । त्यसको २ मिनेट नबित्दै म्युनिखका जाेन फिएद आर्पले गोल गर्दै खेल २–१ को अबस्थामा पुर्याएका थिए । ८१ औ मिनेटमा म्युनिखका डिफेंदर अल्फन्सो डेविसले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । त्यसपछिको पेनाल्टि सुटआउट पनि ४ – ४ को बराबरी भएपछि उपाधिको छिनोफानो सडेन डेथबाट गरिएको हो ।
पेनाल्टि सुटआउटमा टोटनह्यामका लागि ह्यारी केन, सन् ह्युङ मिन, टोलिस्सो, जे तान्गंग, ओ स्किप र जे रोल्सले गोल गरे भने एल्डरर्वैरेल्डले गोल गरे भने क्रिष्टियन ईरिक्सनले गोल गर्न सकेनन। वार्यनका लागि थोमस मुलर, थियागो अल्कान्टारा, रोवर्ट लेवान्डोस्की, रेनाटो साञ्चेज र एस सिंले गोल गर्न सफल भएका थिए भने डेबिड अलावा र जेरोमी बोटेइंगले गोल गर्न असफल भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस