काठमाण्डौ – हरेक बर्ष खेलकुदको सर्बोच्च निकाय फिफाले प्रदान गर्ने उकृष्ट बर्ष पुरुष खेलाडी , महिला खेलाडी र प्रशिक्षकको अवार्डका लागि उकृष्ट १० मनोनयन सार्वजनिक गरेको छ ।
विश्व फुटबल महासंघले फिफा बर्ष उकृष्ट २०१९ पुरुष खेलाडीको मनोनयनको सुची यस्तो छ ।
१. क्रिस्टियानो रोनाल्डो पोर्चुगल (रियल म्याड्रिड / जुभेन्टस)
२. लियोनल मेस्सी अर्जेन्टिना (बार्सिलोना)
३. भर्जिल भान डिजिक नेदरल्याण्ड (लिभरपूल)
४. म्याथिज डी लिक्ट नेदरल्याण्ड (अज्याक्स / बार्सिलोना)
५. फ्रेन्की डी जोङ नेदरल्याण्ड (अज्याक्स / जुभेन्टस )
६. इडेन हजार्ड बेल्जियम (चेल्सी / रियल म्याड्रिड)
७. केलियन एम्बाप्पे फ्रान्स (पिएसजी)
८. मोहम्मद सलाह इजिप्ट (लिभरपूल)
९. साडियो माने सेनेगल (लिभरपूल)
१०. ह्यारी केन इंगल्याण्ड (टोटेन्ह्याम हट्स्पर)
गतबर्षको उकृष्ट १० मा अटेका ब्राजिलियन नेइमार यसपटक अटाउन सकेनन् । गत सिजनको बालेन डी’ओर विजेता लुका मोड्रिचलाई पनि यसपटक मनोनयनमा परेका छैनन् । त्यस्तैगरी अन्य खेलाडीहरुमा म्यानचेस्टर सिटीका बेर्नाड़ो सिल्वा र रिहाद मेहरेज, लिभरपूलका गोलरक्षक अलिसान बैकर पनि अटाएका छैनन् ।
यसैगरी फिफाले बर्ष प्रशिक्षक अवार्डको मनोनयनमा १० प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । मनोनयनमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीआ्ला र लिभरपुलका जोर्गेन क्लोप सहित टोट्टनहामका मौरीसियो पोचेटिनो, डज्मेल बेल्माडी, फ्रान्सबाट बिस्वकप बिजेता डिडियर डेस्च्याम्प, मार्सेलो गल्लार्डो, रिकार्डो गारेसा, पोर्चुगलका युइएफए नेसन बिजेता फर्नान्डो सान्तोस र ब्राजिलका कोपा अमेरिका बिजेता टिटे परेका छन् ।
फिफाले महिला उकृष्ट १० खेलाडीको मनोनयनमा मिलेना बेर्टीलिनी, जिल एल्लिस, पिटर गेर्हाडसन, फुतोसी इकेडा, एन्टोनीया, जोई मोन्टेमुरो, फिल नेभिल, पेड्रोस, पाउल रिली र सरिना ब्ग्म्यिानलाई सुचिमा राखेको छ ।
फिफाले बर्ष पुरुष खेलाडी , महिला खेलाडी र प्रशिक्षकको अवार्डका लागि फिफामा आवद्ध २ सय ११ देशका राष्ट्रिय प्रशिक्षक, कप्तान, खेलपत्रकार र विश्वभरका समर्थकबाट मत लिने गर्दछ ।
जुलाई ३१ देखि अगष्ट १९ तारिखसम्म मतदान हुनेछ । फिफाले सन् २०१९ सेप्टेम्बर २३ तारिकमा इटालीको मिलान सहरमा मा विशेष समारोहबीच यस अवार्ड प्रदान गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस