पोखरा-‘आज बल्ल खेले जस्तो भो यार, कति हार्नु त नि !’ सायद उनी आफ्नो म्याच जितेर खुशि बाड्दै थिए आफ्ना साथीहरुसँग । जो पसिनाले निथु्रक्क भिजेका छन् । अनि खाईलाग्दो ज्यान देख्दा बडिविल्डर जस्तो तर पेशाले ईन्जिनियर हुन् सागर चर्ती थापा मगर । स्पोर्टस् क्यासलमा आफ्नो निकटका साथीहरुसँग हप्तामा कम्तीमा ५ दिन उनी फुटसल खेलेकै हुन्छन् । थापा मगर भन्छन्– ‘फुटसल खेलिएन भने के नपुगे जस्तो हुन्छ, त्यसैले हामी हप्तामा कम्तीमा पनि ५ दिन त फुटसल खेलेकै हुन्छौ, फेरी हाम्रो धेय भनेको नै स्वस्थ्य रहनु हो, पसिना बगाउनु नै हो ।’ थापा मगर समय मिलाएर दिनुहँजस्तो कुनै न कुनै फुटसल सेन्टरमा खेल्नै पर्ने सुनाउदै भन्छन् ‘यो पनि लत जस्तै रहेछ नखेली नहुने ।’
पोखरामा बिगत ७ बर्ष अघि फुटसल भित्रिएको अखिल नेपाल फुटबल सँघ (एन्फा) कास्कीका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) बताउछन् । उनका अनुसार बि.स.२०६९ सालमा पहिलो पटक पोखरामा फुटसल भित्रिएको थियो ।
‘पोखरामै पहिलो पटक लेकसाईडमा च्याम्पियन्स् स्पोर्टस् सञ्चालनमा आएको थियो, त्यति स्तरिय नभएतापनि त्यो समय निकै चाखलाग्दो मानिन्थ्यो उनी भन्छन्– ‘त्यो समयमा भन्दा अहिले झन फुटसल प्रति युवाको क्रेज बढेको छ, यसले स्तरिय खेलाडी उत्पादनमा समेत मद्दत पु¥याउछ ।’
फुटसल हरेक ब्यक्तिको चौतर्फी बिकासको लागि अतिउपयोगी खेल रहेको पूर्व राष्ट्रिय खेलाडी तथा रुस्लान थ्रिस्टार क्लबका स्ट्राईकर अनिल गुरुङ बताउछन् । ‘पहिले पहिले नेपालमा थिएन, अहिले पोखरामा मात्र नभएर पूर्व धरान तिर समेत यसको क्रेज बढेको छ, बच्चा देखी पाकाहरुले खेल्न सक्ने भएकाले पनि यो लोकप्रिय बन्दै गएको छ, अझ प्रोफेश्नल खेलाडीहरुको लागि त फुटसल अपरिहार्य छ, उनी भन्छन्– ‘सिमित स्पेसमा खेलिने भएकाले स्पिड र स्किल बढ्छ, त्यसैले म निरन्तर फुटसल खेल्ने गर्छु ।’
म्याट्रिक्स एरिनाका सञ्चालक अमन बिक्रम थापा पनि फुटसल प्रेमी हुन् । उनलाई पनि हप्तामा ४ दिन नखेली हुदैन । स्फुर्त बन्नका लागि फुटसल खेल्न थालेका उनी अहिले सौखि बन्दै निरन्तर खेल्न थालेको थापा बताउछन् । ‘स्वस्थ्य र तन्दुरुस्त रहनका लागि खेल्ने गर्थाै, अहिले त बानी नै परिसकेको छ, उनी भन्छन् “खेलीएन भने खाको नै नपचे जस्तो हुन्छ’ ।
त्यस्तै पोखरा–११ फुटबल टिमका कप्तान उत्तम गुरुङकौ खाली समय अधिकांश फुटसल जोनमै बित्ने गरेको बताउछन् । फुटसल स्तरिय खेलाडीहरुका लागि महत्वपुर्ण रहेको बताउदै सर्ट पास, स्किल, फुटवाक, ड्रिबिलिङ, र स्पिड बढ्छने सुनाउछन् ।
स्वस्थ्य र तन्दुरुस्तका लागि खेल्ने हरुको कारण पनि फुटसल पोखरामा लोकप्रिय बन्दै आएको गुरुङको भनाई छ । ‘फुटसल प्रति अधिकांश ब्यक्तिहरुको क्रेज हुनुको कारण भनेको घाम पानीले कुनै प्रबाह नपार्नु, र सिमित मुल्यमा घण्टौ खेल्न पाईने नै हो ।’ उनी भन्छन् ।
स्पोर्टस् क्यासल गणेशटोल, च्याम्पियन्स् स्पोर्टस् लेकसाईड, रानीपौवा स्पोर्टस् सेन्टर, मुस्ताङचोक फुटसल, पोखरा फुटसल एरिना, बाराही फुटसल, बि फिट फुटसल, टुटिसल फुटसल, जि एन् एस फुटसल, एबिसी फुटसल, स्काई स्पोर्टस्, हवेली मार्ग फुटसल, लक्ष्मी टोल फुटसल जोन, हेम्जा फुटसल र फुलबारी फुटसल जोन गरी कुल १५ स्थानमा सञ्चालनमा रहेका छन् भने मिराज स्पोर्टस् लामाचौर, किङ्स स्पोर्टस् दिप, नदिपुर र हस्पिटल चोक लगायतका स्थानमा निर्माणाधिन छन् ।
६ करोडको लगानीमा “स्पोर्टस् क्यासल”
फुटबलको परिवर्तित स्वरुप फुटसल युवाहरु माझ लोकप्रिय बन्दै गएपछि पोखरामा ७ बर्षको अन्तरालमा डेढ दर्जन फुटसल जोनहरु सञ्चालनमा छन् । तर पृथक र अत्याधुनिक तथा ब्यबस्थित भने कमै मात्र छन् ।
६ करोड बढि लागतमा पोखराको केन्द्र गणेशटोलमा स्पोर्टस् क्यासल नाम दिएर सञ्चालनमा ल्याएको क्यासलका सञ्चालक, नेपाल फुटबल सँघ कास्कीका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) बताउछन् । ‘अन्र्तराष्ट्रिय मापडण्ड अनुसारकै फुटसल हामी निर्माण गरेका छौ, उनी भन्छन्, दाबाका साथ भन्ने हो भने पोखरामै स्पोर्टस् क्यासल जस्तो अन्य कुनै पनि स्पोर्टस् जोन ब्यबस्थित र आधुनिक छैन, यसको अर्काे बिशेषता भनेको पारिवारिकमैत्री हो ।’ फुटबल खेल्न सिक्नेहरुको लागि फुटसल राम्रो स्थान भएको उनी सुनाउछन् ‘ग्रास रुट लेवलका बच्चा हरुलाई झन उपयोगी छ, कार्पेटमा खेलिने भएकाले सेफ्टी हुन्छ उनी भन्छन् फुटसल खेलेपछि मेहनतको परिभाषा सिक्छन्, अनुशासित र धैर्यवान बन्छन्, त्यसैले बच्चा देखी पाकाहरुलाई लक्षित गरि सञ्चालनमा ल्याएका हो ।’
उक्त क्यासल ७ रोपानी जग्गामा निर्माण गरिएको अर्का सञ्चालक तथा एन्फा कास्कीका कोषाध्यक्ष बिजया गुरुङ बताउछन् । उनका अनुसार फुटसल सँगै अत्याधुनिक ब्यायामशाला, जुम्बा, स्पा, चमेना गृह, मार्सल आर्ट तथा प्रशस्त पार्किङको सुबिधा रहेको छ ।
त्यस्तै युवा सञ्चालक अनमोल पालिखे मासिक रुपमा खेल्ने बाहेक दैनिक ८ देखी १० खेलहरु बुक भैरहने बताउछन् । नाफामुलक भन्दा सेवाप्रदायक क्यासल रहेको पालिखे सुनाउछन् । उनका अनुसार एक घण्टा फुटसलको १ हजार ५ सय रुपौया निर्धारण गरिएको छ भने एक टिममा ६ जना खेल्न सक्नेछन् । उक्त क्यासलमा फुटसलसँगै केही समयमै फुटसल एकेडेमी समेत स्थापना गरिने उनले सुनाए । पालिखेसँगै सो क्यासलमा राष्ट्रिय फुटबल खेलाडी बिष्णु गुरुङ, नेपाल पुलिस क्लबका गोलरक्षक बिशाल श्रेष्ठ, दिलिप कार्की, पवन गुरुङ (पङ्के) ले संयुक्त लगानी गरेका छन्
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस