एजेन्सी- अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ ।
कोपा अमेरिका फुटबलबारे उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो ।
गत महिना ब्राजिलमा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा मेसीले यसलाई ‘भ्रष्ट’ भनेका थिए । साथै उनले कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि निश्चित भएको टिप्पणीसमेत गर्न भ्याएका थिए ।
प्रतिबन्धसँगै उनीमाथि जरिवानासमेत लगाइएको छ । बीबीसीका अनुसार, मेस्सीले ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ ।
तर, जरिवाना र प्रतिबन्धविरुद्ध मेस्सीले अपिल गर्न सक्नेछन् । त्यसका लागि उनीसँग ७ दिन समय रहेको बीबीसीले जनाएको छ ।
आउँदो सेप्टेम्बर र अक्टुबरमा अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मेस्सीको अपिल खारेज भएमा उनले ती कुनै पनि खेल खेल्न पाउने छैनन् ।
मेस्सीमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइए पनि उनी क्लब प्रतिष्पर्धामा भने सहभागी हुन पाउनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस