काठमाडौं-नेपाली खेलकुदको इतिहासमा पहिलो पटक नेपाली खेलाडीहरुको वर्गीकरण गरिने भएको छ । खेलाडीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीका रुपमा वर्गीकरण गरिनेछ।
नेपालको संसदिय समितिले संसोधन गरेको राष्ट्रिय खेलकुदको विधेकलाई राष्ट्रिय सभाले पास गरेकोले खेलाडीहरुलाई दुई वर्गमा विभाजन गरिने भएको हो ।
कुनै पनि नेपाली खेलाडीले औपचारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगितामा सहभागी भई पदक जितेकालाई अन्तर्राष्ट्रिय खेलाडी भनिनेछ । मैत्रीपूर्ण र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएका प्रतियोगितामा पदक जित्ने खेलाडीले अन्तर्राष्ट्रिय खेलाडीको मान्यता पाउने छैनन् ।
नेपालको राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको औपचारिक राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक जितेकोलाई राष्ट्रिय खेलाडी भनिनेछ।
नेपालमा खेलाडीहरुको वर्गीकरण नहुँदा खेल क्षेत्रमा खेलाडी सहभागिता र छनौटको विषयमा पनि विभिन्न समस्या हुने गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस