काठमाडौं – एसीसी यू-१९ एसिया कपका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा तयारी गर्ने भएको छ ।
श्रीलंकामा आयोजना हुने एसिया कपका लागि नेपालले पहिलो चरणको तयारी टियु क्रिकेट मैदानमा गर्नेछ । तर, नेपालले अन्तिम चरणको तयारी भने श्रीलंकामा गर्ने गृहकार्य सुरु गरेको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) को नेपाल प्रतिनिधि भावना घिमिरेले नेपाली टोलीको अन्तिम तयारी श्रीलंकामा गर्ने तयारी भईरहेको जानकारी दिईन् । जसका लागि एसीसीसँग छलफल भईरहेको घिमिरेले बताईन् ।
‘नेपाली टोलीले पहिले काठमाडौंमा क्याम्प गर्ने छ,’ घिमिरेले भनिन्, ‘अभ्यास खेलको लागि भने श्रीलंका जाने कुरा भईरहेको छ । एसीसीसँग छलफल भईरहेको छ । तर, निश्चित भएको छैन ।’
एसीसीले अनुमति दिएपछि प्रतियोगिताका लागि नेपाली टिम एक साता भन्दा अघि नै श्रीलंका जाने घिमिरेले बताईन् । घिमिरेले नेपाली टिमले श्रीलंकामा ७ देखि ८ दिनसम्म विशेष तयारी गर्नेछ ।
प्रतियोगिता नजिकिदै गर्दा नेपाली टोलीले भने तयारी अझै सुरु गरेको छैन । तर, घिमिरेले नेपालले केहि दिनपछि क्याम्प सुरु गर्ने बताईन् ।
टियु क्रिकेट मैदानमा उम्रिएको घाँस र मैदान अभावको कारण नेपाली टिमले तयारी गर्न सकिरहेको छैन । राष्ट्रिय खेलकुद परिषदले टियु मैदानको घाँस काट्न सुरु गरेपनि मैदान तयार हुन अझै ३-४ दिन लाग्ने छ ।
नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।
आगामी सेप्टेम्बर ३ देखि १५ सम्म आयोजना हुने यू-१९ एसिया कपमा भारतसँगै नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस