काठमाडाैं- नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद सागमा पाकिस्तानले आफ्नो पूर्ण टोली नपठाउने भएको छ।
सरकारले आर्थिक सहयोग नगरेका कारण १३औं सागमा पाकिस्तानले सानो टोली पठाउन लागेको हो। १३औं साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ।
सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागमा श्रीलंका पदक तालिकामा दोस्रो भएको थियो। श्रीलंकाले २५ स्वर्णसहित कुल एक सय ८६ पदक जितेको थियो। १२औं सागको पदक तालिकामा पाकिस्तान तेस्रो भएको थियो। पाकिस्तानले १२ स्वर्णसहित कुल एक सय ६ पदक जितेको थियो।
१३औं सागको तयारीका लागि भने पाकिस्तान सरकारले पर्याप्त आर्थिक सहयोग उपलब्ध नगराएको समाचारमा जनाइएको छ। ‘पाकिस्तानले १३औं सागका लागि पूर्णरूपमा तयारी पनि अगाडि बढाएको छैन’, एक उच्च पाकिस्तानी खेल अधिकारीलाई उद्घृत गर्दै पाकिस्तानको अनलाइन समाचार पोर्टल टीएनएसले समाचार प्रकाशित गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस